‘वडा नं. ६’ को रमाईलो ट्रेलर सार्वजनिक (भिडियो)

...

woda number 6 trailerभदौ, काठमाडौं । फिल्म ‘वडा नम्बर ६’को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । केहि समय अघि मात्र अफिसियल गितसँगै छोटो टिजर सार्वजनिक गरेको फिल्म युनिटले अहिले २ मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो ।

हाँस्य कलाकारहरु मिलेर बनाएको फिल्म वडा नं. ६ भित्र दिपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, दीपाश्री निरौला र दयाहांग राईको प्रेम कथालाई रोचक शैलीमा प्रस्तुत गरीएको देख्न सकिन्छ । फिल्ममा अभिनित हाँस्य कलाकारहरु केदार घिमिरे, जितु नेपाल, कुञ्जना घिमिरेको पनि लगानी रहेको छ । दिपकराज गिरी, दिपा श्री निरौला र निर्मल शर्माले मिलेर बनाएको यो फिल्मलाई निर्देशक उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

असोज १ गतेबाट प्रदर्शनमा आउने वडा नं. ६ लाई कलाकारहरुले बिभिन्न तरिकाबाट प्रसार प्रचार गरीरहेका छन् । देशका बिभिन्न शहरमा प्रचारकै लागि पुगिरहेका छन् भने सामाजिक सञ्जालमा पनि वडा नं. ६ लाई लिएर सक्रिय देखिन्छन् । यस भन्दा अघिको फिल्म ६ एकान ६ सर्वाधिक हिट फिल्म बनेपछि वडा न. ६ बनेको हो । आम दर्शकमाझ वडा नं. ६ ले पनि मन जित्ने निर्माण पक्षको अनुमान छ । दर्शक हलसम्म कति ओईरेलान् त ? त्यो भने असोज १ गते नै कुर्नु पर्ला ।