
<pre style="text-align: justify; "><b>पुस, काठमाडौं । </b></pre><p style="text-align: justify; ">अंग्रेजी नयाँबर्षको अवसरमा कुबेतमा हुने सांस्कृतिक कार्यक्रमका लागी नेपाली कलाकारको एक टोली कुबेत प्रस्थान गरेको छ । राप्ती भेरी कर्णाली एकता समाज कुवेतको आयोजनामा हुन गैरहेको यही जनवरी ५ शुक्रबारका दिन कुबेत बोय सकाउट थिएटर हवालीमा बिहान ११ बजेदेखी न्यू एयर धमाका नामक कार्यक्रम हुँदैछ । </p><p style="text-align: justify; ">उक्त कार्यक्रमका लागी नेपालबाट गायक पशुपति शर्मा, प्रकाश कटुवाल, ऋषि खड्का, डिपि लोप्चन, गायिका जानकी तारामी मगरको टोली बुधबार बिहान त्रिभुवन बिमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको हो । </p>