
<pre style="text-align: justify; "><b>पुस, मुम्बई (एजेन्सी) ।</b></pre><p style="text-align: justify; "> बलिउड स्टार सलमान खानको लाई लिएर चलचित्र ‘भारत’ निर्माण हुने भएको छ । अली अब्बास जफरको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई अतुल अग्निहोत्री र भूषण कुमारले निर्माण गर्ने छन् । अहिलेसम्म यस चलचित्रमा सलमानको अपोजिटका लागि कुनै पनि नायिकाको नाम बाहिर आएको छैन । तर, भारतीय मिडियाका अनुसार, यस चलचित्रमा बलिउड अभिनेत्री दीपिका पादुकोण मुख्य भूमिकामा हुन सक्छिन् । अली अब्बास अहिलेसम्म सलमानसँग पर्दामा रोमान्स नगरेको नायिका लिन चाहिरहेका छन् । </p><p style="text-align: justify; ">प्राप्त जानकारी अनुसार चलचित्रका लागि निर्माण टीमको पहिलो रोजाईमा दीपिका परेकी छिन् । योभन्दा अगाडि पनि दीपिकालाई सलमानको केही चलचित्रमा अप्रोज गरिएको थियो । </p>