प्रियारानी स्वास्थ्य संस्थाको सद्भावना दुत

...

<pre style="text-align: justify; "><b>पुस, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> नायिका तथा मोडल प्रियारानी लामा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको संस्था सक्षम फाउण्डेसन नेपालको सद्भावना दुतमा नियुक्त भएकी छिन् । फाउण्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रममा उनलाई अवसरमा उनलाई दुत घोषणा गरेको हो ।</p><p style="text-align: justify; ">उनलाई सक्षम फाउण्डेशन नेपालका अध्यक्ष डाक्टर सिके सिंहले सद्भावना दुतको नियूक्ती प्रमाण पत्र प्रदान गरे । नियुक्तीसँगै प्रियारानीले आफू संस्थामार्फत सामाजिक कार्यमा सक्रिय रहने बताइन् । भनिन्, ‘प्राकृतिक प्रकोपमा परेका र गरिब तथा दलित समुदायको स्वास्थ्य र शिक्षाका लागि म पनि प्रतिवद्ध रहनेछु ।’ नेपाल १ टेलिभिजन कार्यक्रम सञ्चालिका तथा मिस पूर्वाञ्चल समेत रहेकी लामाले म्युजिक भिडियोहरुमा काम गरेकी छिन् ।</p><div style="text-align: justify; "><br></div>