
<p style="text-align: justify; "><b>पुस, काठमाडौं । </b></p><p style="text-align: justify; ">बरिष्ठ संगीतकार स्व. चन्द्राज शर्माको १३ औं पुन्यतिथीको अवसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो । मंगलबार सांस्कृतिक संस्थान जमलको हलमा भएको उक्त कार्यक्रममा नेपालका बिभिन्न चर्चित श्रष्टाहरुले चन्द्रराजको तस्बिरमा फुलमाला अर्पण गरेका थिए । साथै कार्यक्रममा १ सय ८ दिप प्रज्जवलन समेत गरियो । </p><p style="text-align: justify; ">सांस्कृतिक संस्थान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, रेडियो नेपाल र नेपाल साँस्कृति संघको संयुक्त आयोजनामा गरिएको श्रद्धाञ्जली कार्यक्रममा स्व. शर्माले संगीतक्षेत्रमा दिएको योगदानको बिषयमा उनीसँग सहकार्य गर्दै आएका श्रष्टाहरुले उनलाई सम्झिएका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति बरिष्ठ गायक शम्भुजीत बास्कोटाले निकै दुख गरेर शर्माले नेपाली संगीतलाई बचाएको बताए । साथै उनले शर्मा राष्ट्रलाई संगीतको धनी बनाउने धनाढ्य ब्यक्तिको रुपमा चिनिएको समेत बताए । ‘उहाँको स्वास्थ्यका लागी हामीले सरकारसँग धेरै पहल पनि ग¥यौं । तिनवटा प्रधानमन्त्री फेरिए तर कुनैपनि सरकारले उहाँको स्वास्थ्यका लागी केहि गरेनन् निकै दुख लागेको छ ।’, उनले भने । साथै बास्कोटाले शर्माका कृतिहरुलाई सम्बर्धन गरेर रोयल्टिको ब्यवस्था गने हो भनेपनि आउदा पिडीहरुका लागी त्यहि खर्चले अन्य संगीतका साम्राजी किन्न पुग्ने बताए ।</p><p style="text-align: justify; ">कार्यक्रममा साँस्कृतिक संस्थानका निमित्त महाप्रबन्धक कृष्ण गुरुङले शर्माको मिजासिलो स्वभावले नै सबैको मनमुटुमा बस्न सफल भएको बताए । साथै उनले शर्माको प्रोफाइलको बारेमा उपस्थित सबैलाई जानकारी गराएका थिए । त्यस्तै चर्चित देउडा गायक नन्द कृष्ण जोशीले पनि मानिस मरेर गएपनि कृति कहिल्यै नमर्ने हुँदा शर्मा जिवितै रहेको भान हुने बताए । साथै जोशीले सरकारीक्षेत्रबाट अझै पनि गायक तथा कुनै पनि गीतसंगीतको श्रष्टा भन्ने बित्तिकै नाक खुम्चाउने प्रबृति रहेको भन्दै दुख ब्यक्त गरे । कार्यक्रममा शर्माका दुई सुपुत्र नरेश अर्याल र सुदेश शर्मा पनि उपस्थित थिए । कार्यक्रममा बोल्दै शर्माका सुपुत्र नरेशले पिता एकछत्र संगीतका लागेको देख्दा संगीत ठुला साधना भएको अनुभव गरेको बताए । साथै उनले पिताका सबै कृतिहरु सम्बर्धन र प्रबर्धन गर्नका लागी अबका श्रष्टाहरु लागिदिन अनुरोध गरेका थिए । स्व. चन्द्राज शर्माको जन्ममा बि.स. १९९६ साल पुस १६ गते भएको थियो भने मृत्यु २०७४ साल पुस ६ गते भएको थियो । शर्माले बि.स. २०३१ सालमा संगीत भरेको ‘मुना मदन’को गीत अत्यधिक चर्चित भएको थियो । शर्मालाई राजा महेन्द्रको समयमा नेपाल कला भुषण पदक समेत दिइएको थियो । </p>