एकैपटक आमा–छोरीको चित्रकला प्रदर्शन

पुस, काठमाडौं ।

यहि अंग्रेजी नयाँबषको दिनबाट चारदिन सम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा दुई चित्रकार आमा छोरीको चित्रकला प्रदर्शन भइरहेको छ । ‘फ्लोरल एण्ड कलचरल’ नाम दिइएको उक्त प्रदर्शनमा चित्रकार मनोरमा श्रेष्ठ र उनकी छोरी चन्दा श्रेष्ठका चित्रकला प्रदर्शन गरिएको छ ।

बिशेषतः फुलको मात्र चित्र कोर्ने ८४ बर्षिया मनोरमाका ३५ वटा चित्र हेर्न पाइनेछ । उनले बिभिन्न प्रकारका फुलको चित्र बनाएकी छिन् । साथै उनकी छोरी चन्दाले सामाजिक तथा धार्मिक बस्तुहरु झल्काउने जम्मा २१ वटा चित्र प्रदर्शनमा राखेकी छिन् । जनवरी १ बाट शुरु भएको यस प्रदर्शनीको जनवरी ४ अर्थात आज अन्तिम दिन रहेको छ । चारदिनसम्म आफ्ना चित्र प्रदर्शनमा आएर अवलोकन गर्नेको संख्या देखेर निकै खुसी लागेको चन्दाले बताइन् । उनले आफुल सोचेको भन्दा धेरैले अवलोकन गरेको र प्रतिक्रिया निकै राम्रो आएकोले आगामि दिनमा अझ राम्रो गर्ने बताइन् । ‘मैले बिशेषतः नेपाली कल्चरलाई मध्यनजर गरेर आर्ट गर्ने गर्छ । नेपाली समाजमा भएको यथार्थ कुरालाई चित्रमा उतार्ने प्रयास गरेकी छु ।’, चन्दाले भनिन् । उनले प्रदर्शनमा राखेका २१ चित्रमा मठमन्दिर, फुल तथा प्राकृतिक बस्तु बढी देखिन्छन् ।

उक्त चित्रकला प्रदर्शनको उद्दघाटन संस्कृतिक बिद शताब्दि पुरुष सत्यमोहन जोशीले गरेका थिए । उनले उद्दघाटन कार्यक्रममा बोल्दै आमा छोरीको चित्रकला प्रदर्शन सम्भवतः नेपालमै पहिलो पटक भएको बताएका थिए । ‘आमा बाट चित्रकलाको प्रेरणा पाएर यहाँसम्म आउनु भएकी चन्दालाई धेरै धेरै बधाई दिन चाहान्छु । आगामि दिनमा अझ प्रगतीको कामना ।’, जोशीले भने । उनले आमा छोरी दुबैको चित्रकला अवलोकन गरेका थिए ।