पुस, काठमाडौं ।

शुरु भएको ६० दिन लगाएर चलचित्र ‘अमेरिका ब्वाईज’ को सुटिङ सकिएको छ । झापा र काठमाण्डौंमा छायांकन गरिएको यो चलचित्रमा को सुटिङ भरीका लागी मात्रै २ करोड खर्च भएको निर्माण टीमले जनाएको छ । चलचित्रका कार्यकारी निर्माता प्रकाश भूजेलका अनुसार कथावस्तु अनुसार खिच्दै जाँदा दुई करोड बजेट पुग्न गएको हो ।

बड्डी इन्टरटेन्मेन्ट र सीबर्ड पिक्चर्सको प्रस्तुतिमा प्रवेश पौडेल निर्देशित चलचित्रले वैदेशिक रोजगारीको विषयलाई उठान गरेको छ । निर्माण यूनिटले यस अगाडि नयाँ वर्ष २०७५ लाई लक्षित गर्दै बैशाख १४ देखि फिल्म रिलिज गराउने तयारी गरेको थियो । तर उक्त डेटबाट चलचित्र केही समय पर सरेको छ । अब यो चलचित्र आगामी जेठ ४ गते प्रदर्शनमा आउने निर्माण यूनिटले जनाएको छ ।

चलचित्र ‘अमेरिका ब्वाईज’ मा अर्पण थापा, सृष्टि कार्की, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, मनिष राउत, रुबि राना, सुवास गजुरेल लगायतका कलाकारले अभिनय गरेका छन् । यमूना खरेल र राज केसी चलचित्रका सह निर्माता हुन् । चलचित्रमा विवेक पाण्डेको कथा, आलोक शुक्लाको छायांकन तथा दीपक आर.जे र जयान जे. वाइवाको संगीत रहेको छ ।