पुस, काठमाडौँ ।

पहिलोपटक विवाहित महिलाहरुलाई लक्षित गरि आयोजना गरिएको ‘लेट मि इन मिसेस ब्यूटी क्वीन नेपाल’ को ताज बूढानीलकण्ठकी सुदिक्षा भट्टराईले जितेकी छिन् । सिजन मिडियाको आयोजनामा राष्ट्रिय नाचघर जमलमा सम्पन्न उक्त ब्युटी क्वीन प्रतियोगीतामा जम्मा २५ प्रतियोगी सहभागी थिए ।

सुदिक्षाले पहिलो स्थान हात पारे सँगैे टिभिएस जुपीटर स्कुटर, लेटमिइनको तर्फवाट एक लाख ५० हजार बराबरको उपहार, कस्मेडको तर्फवाट ५० हजारको पिफ्ट भौचर साथै इजी ट्रिप ट्राभलको तर्फवाट ४ दिन मलेसियाका भ्रमणको अवसर प्राप्त गरिने भने अन्य विभिन्न पुरस्कारहरु प्राप्त गरिन त्यसैगरी, दोस्रो हुन सफल जनकपुरकी दिपीका राईले लाभा स्माट मोवाइल फोन ,एक लाख बराबरको उपहार, चार दिनको मलेसिया भ्रमण भने तेस्रो हुने विष्णु माया पौडेलले पनि चार दिनको मलेसिया भ्रमण, लेट मि इनको तर्फवाट ५० हजारको उपहार र लाभाको मोबाइल प्राप्त गरिन् भने मिस व्यूटीफुल आइजको अवार्ड पनि हात पारीन । त्यस्तै थर्र्ड रनरअप कल्पना वराल खतिवडा भइन भने उनले मिस पपुलर अवार्ड पनि जित्न सफल भइन साथै फोर्थ रनरअप कृष्टी कार्की भइन भने उनले मिस मल्टिमिडिया अवार्ड पनि हात पारिन् ।

अन्य विभिन्न सव टाइटल अन्तर्गत अर्गनाइजर च्वाइस इश्वरी श्रेष्ठ तामाङ, ट्यालेन्ट अवार्ड कविता राजवंसी शाह, पर्सनालीटी अवार्ड सिर्जना श्रेष्ठ, फोटोजेनीक अवार्ड ज्योती वस्नेत, वेष्ट हेयर कविता ओझा सिग्देल, वेष्ट फिगर मिना राई, वेष्ट वाक सफला ताम्राकार, वेष्ट डे«स मिना खनाल, वेष्ट स्माइल कनक चतुरवेदी, वेष्ट फेन्डसीप अम्वीका थापा, भिर्योस च्वाइस राधिका थापा श्रेष्ठ, वेष्ट स्कीन शान्ति लिम्वु र वेष्ट डिसिपीलीन सुजना लामाले जितिन । प्रतियोगीताको निर्णायक मण्डलमा वरिष्ठ सान्दर्यकर्मी कमला श्रेष्ठ, मिस नेपाल उषा खड्की, राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता सुर्यचन्द्र बस्नेत, शिक्षक प्रेम गुरुङ, नेपाल प्रहरी विद्यालयका प्रधानाध्यापक नवीनमान श्रेष्ठल डा. सविना भट्टराई रहेका थिए ।

२३ पुष २०७४, आईतवार ०६:२३