पुस, काठमाडौं ।

आउँदो माघ १९ लाई रिलिज मिति तय गरेको चलचित्र ‘शेर बहादुर’ अवकाश प्राप्त एक आर्मीको कथामा घुमेको निर्माण पक्षले जनाएको छ । ‘चलचित्रको मुख्य पात्र शेर बहादुर एक शन्की मान्छे हुन्छ । निडर, शन्की र बलियो शेर बहादुरकै पेरिफेरीमा चलचित्र घुम्छ ।’, चलचित्र टीम मध्येका एकले भने । शेर बहादुर आफ्नो लक्ष्य प्राप्तीका लागि केही योजना बनाउँछ । त्यहि योजना भित्र रुमलिएका अन्य पात्रसँगको अवस्था चलचित्रले चित्रण गरेको छ ।

चलचित्रको मूख्य पात्रको रुपमा बरिष्ठ कलाकार सुनिल थापा देखिएका छन् । सुनिलको अलवा कर्मा, रविन्द्र झा, मेनुका प्रधान लगायतको मूख्य भुमिका फिल्ममा रहेको छ । एक्शन, रोमान्स, ड्रामा समाबेश फिल्म प्रति निर्माण पक्ष अपेक्षित छन् । चलचित्रको नामले राजनितीक गन्ध ल्याएपनि यो कुनै राजनितिसँग सम्बन्धित चलचित्र नभएको निर्माण युनिटले प्रष्ट पारेको छ । यस फिल्मको अधिकांश सिन सेटमा खिचिएको निर्माण पक्षको दावी छ । जुन सेट तयार गर्न मात्रै २५ लाख बढी खर्च गरिएको बताईएको छ । चलचित्रका निर्देशक आर राजवंशि हुन् भने निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् । गौरीशंकर धुजु नेपाली फिल्म क्षेत्रमा ४० बर्षदेखी अनवरत रुपमा लाग्दै आईरहेका छन् ।

केहि समयअघि मात्रै चलचित्रको ‘कान्टि मट्याङ ट्याङ’ बोलको गीत सार्वजनिक गरिएको थियो । जसमा चलचित्रका मुख्य कलाकार कर्मा, मेनुका र रबिन्द्रलाई फिचरिङ गरिएको छ । गीतमा कोशिस क्षेत्री र मिना निरौलाको स्वर रहेको छ भने कोशिले नै शब्द तथा संगीत भरेका छन् ।