
<pre style="text-align: justify; "><b>पुस, काठमाडौं । </b></pre><p style="text-align: justify; ">बिगत चार दशक देखी नेपाली चलचित्रक्षेत्रमा प्राविधिक हुँदै मेकअप आर्टिष्टको रुपमा काम गर्दै आएको इन्द्र लामा हाल किड्नीको समस्याले थालिएका छन् । ५३ बर्षिय लामाको बिगत ३ महिना देखि मिर्गौला सम्बन्धि समस्या आई शरीरको आधा भाग पक्षघात भएका कारण हाल मनमोहन हस्पिटल, स्वयम्भुमा उपचार गराईरहेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा परिवारलाई समस्या भएका कारण उनले आफ्नो उपचारमा सहयोग गरिदिन नेपाली सिनेकर्मी र सिनेमा सम्बन्धि संघ संस्थालाई अपिल गरेका छन् । </p><p style="text-align: justify; ">लामाले ‘धर्ति आकास’ नामक चलचित्रमा स्पट ब्वाईको काम गरेसँगै चलचित्रक्षेत्रमा प्रवेश गरेका थिए । लामाले ‘राजमती’, ‘आमा’ ‘पन्छी’, ‘सडक’, ‘मितिनी’, ‘मुनामदन’, ‘बसन्ती’, ‘यो पागल मन’ जस्ता सयौ चलचित्रमा काम गरिसकेका छन् । साथै उनको उपचारको लागि रकम जुटाउने उदेश्यका साथ नेपाल चलचित्र प्राबिधिक संघ (नेफ्टा) संगको सहकार्यमा नृत्य निर्देशक समेत रहेकी उनकी छोरी माला लामा रंजितकारले यहि पुष २७ गते राजधानी ब्याङ्क्वेट एण्ड मल्टीभेन्यु बनस्थली चोकमा च्यारिटेवल संस्कृतिक कार्यक्रमको आयोजना समेत गर्दैछन । आफ्ना बाबुको जीवन रक्षाका लागि सबैले सहयोग गरि उक्त संस्कृतिक कार्यक्रममा सहभागी भईदिन छोरी मालाले सबैलाई आग्रह गरेकि छिन् । बिशेषगरि सिने क्षेत्रमा आफ्ना बाबुले गरेको योगदानको कदर गर्दै कलाकार तथा प्राबिधिकहरुले सहयोग गरिदिनेमा पनि आशावादी भएको उनि बताउछिन् ।</p><div style="text-align: justify; "><br></div>