धमलाको ‘पौरख’ सार्वजनिक

पुस, काठमाडौं ।

इटहरीलाई कर्मथलो बनाएका पत्रकार चेतन धमलाद्धारा लिखित पुस्तक ‘पौरख’ सार्वजनिक गरिएको छ । पुस्तक शनिबार अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विमोचन गरेका हुन् । पुस्तकमा तल्लोस्तरबाट काम गर्दै राष्ट्रिय जीवनमा योगदान पुर्याएका पौरखीहरुको संघर्ष र सफलताको कथा समेटिएको छ ।

अर्थमन्त्री कार्कीले संघर्षशील र सफल व्यक्तिहरुको पर्दा पछाडीको रहस्य अन्य व्यक्तीका लागि प्रेरणाको स्रोत हुने बताए । उनले हरेक युवाले पौरखी पुस्तक पढेमा केही न केही गर्ने क्षमता, उर्जा र अठोट बढाउने बताए । ‘पुस्तकमा समावेश सबैका स्टोरीले मुलुकभित्रै केहि गर्ने प्रेरणा मिल्छ’, उनले भने, ‘गरिरहेका र गर्न खोज्ने युवाका लागि यो एउटा क्याप्सुल हो ।’

कार्यक्रममा पूर्वमुख्यसचिव विमल कोइराला, सूचना आयुक्त किरण पोखरेल, पत्रकार महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यलगायतले पुस्तकमाथि टिप्पणी गर्दै सफल व्यक्तिहरुको कथा भावी पिढींका लागि मार्गदर्शक हुने विश्वास व्यक्त गरे । किताबबारे पत्रकार तथा कवि डा. नवराज लम्सालले कर्मजीविको कथाले निराशामा रहेका युवालाइ उर्जा प्रदान गर्ने बताए ।