पुस, काठमाडौं ।

नेपाली चलचित्रको क्षेत्रमा सबैभन्दा बढी पारिश्रमिक चलचित्रका मुख्य नायकले लिने गरेको पाइन्छ । त्यसपछि नायिकाहुँदै अन्य कलाकारहरुको पारिश्रमिक बढी हुन आउँछ । तर अब नेपाली चलचित्रषेत्रमा नायकहरुले मात्र होइन निर्देशकले पनि निकै राम्रो पारिश्रमिक पाउन थालेका छन् । केहि यस्ता निर्देशक पनि छन् उनीहरुले आफुहरुले डिमाण्ड गरेबमोजिम पारिश्रमिक पाएका पनि छन् ।

नेपाली चलचित्रक्षेत्रमा निर्देशक रामबाबु गुरुङ, निश्चल बस्नेत, दिपेन्द्र के खनाल लगायतका निर्देशकहरु पारिश्रमिकको हकमा महंगा निर्देशकको रुपमा चिनिन्छन् । केहि समय अघि निर्देशक रामबाबु, निश्चल लगायतले एउटै चलचित्र निर्देशन गरेको २५ लाख लिने खबर सार्वजनिक भएका थिए भने अहिले निर्देशक दिपेन्द्र खनालले पनि २५ लाख पारिश्रमिक लिएर नयाँ चलचित्रमा काम गर्नेभएका छन् । माधव वाग्लेको निर्माणमा बन्न लागेको नयाँ चलचित्र ‘चङ्गाचेट’का लागि दीपेन्द्रले २५ लाख पारिश्रमिक लिएका हुन् । दिपेन्द्रले एउटै चलचित्रका बर्षदिनसम्को समय दिएर काम गर्नुपर्ने भएकाले २५ लाख ठुलो रकम नभएको बताउँछन् । ‘निर्देशकको हकमा यो पारिश्रमिक सामान्य हो । एउटा चलचित्रका लागि बर्ष दिन भन्दा बढी समय दिनुपर्ने भएकाले पनि २५ लाख पारिश्रमिक लिुनलाई ठूलो रुपमा हेर्नु हुँदैन ।’, उनले भने ।

दिपेन्द्रले चलचित्र हेर्ने नजर निर्देशकको आधारमा रहने पनि बताए । उनले देश भित्र तथा बाहिर कुन निर्देशक तथा निर्माताले बनाएको चलचित्र हो भनेर प्रश्न गर्न थालिएको बताउँछन् । ‘चलचित्र हेर्ने तरिका फरक भएको छ । देश भित्र मात्रै होइन देश बाहिर पनि कुन निर्देशक, निर्माताले बनाएको चलचित्र हो भनेर हेर्न थालिएको छ । मैले चलचित्र निर्देशन गर्दा धेरै समय पनि लगाउँदिन । यसैले निर्देशकको पारिश्रमिकमा १० लाख थप्दा निर्माताको करोड सुरक्षित हुने अवस्था छ ।’, दिपेन्द्रले भने ।

चङ्गाचेट’ पूर्ण कमेडी कथामा निर्माण हुने बताइएको छ । आयुष्मान देशराज जोशी, रविन्द्र झा, ऋचा शर्मा र सन्ध्या केसीको चलचित्रमा मुख्य भूमिका रहनेछन् । चलचित्रले युवाहरुको कथा बोल्नेछ । चलचित्रमा प्रदिप भारद्धाजको कथा, अर्जुन पोखरेल र राजनराज सिवाकोटी संगीत रहने पक्का भैसकेको छ । आउँदो चैत १ गतेबाट छायांकन शुरु हुने यो चलचित्रलाई निरज कँडेलले चलचित्र खिच्नेछन् ।