भर्जिनियामा ‘पंचायत’ प्रिमियर

पुस, काठमाडौं ।

नेपालमा आउँदो चैत २ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पंचायत’को अमेरिकोको भर्जिनियामा प्रिमियर गरिएको छ । नेपालको पुरानो सामाजिक ब्यबस्था र समाजको चित्रणलाई मुख्य कथाबस्तु बनाइएको यो चलचित्रको प्रिमियरमा चलचित्रका मुख्य कलकार सरोज खनाल भर्जिनिया पुगेका थिए ।

अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’ मा चलचित्र  ‘पंचायत’ले ‘बिदेशी भाषाको उत्कृष्ट चलचित्र’ विधामा र नायिका निता ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जित्न सफल भएको थियो । चलचित्र ‘पंचायत’को प्रिमियर र अन्य बिशेष सो को लागि अभिनेता सरोज खनाल अहिले नेपाल बाट अमेरिका गएका हुन् । प्रिमियरबाट निकै राम्रो प्रतिक्रिया मिलेको अभिनेता खनालले जानकारी दिएका छन् । चलचित्र हेरेर निस्केका सबै जसो दर्शकले चलचित्र निकै राम्रो बनेको भन्दै खुलेरै प्रसंसा गरेका छन्   । चलचित्रको कथा बस्तु र सरोज खनाल र नीता  ढुंगानाको अभिनयको सबैले तारिफ गरेका छन् ।

चलचित्र ‘पंचायत’मा शिबम अधिकारीको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा सरोज खनाल , निता ढुङ्गाना, रुपा राना , गिता अधिकारी, गणेश गिरि, जाहान्वी बस्नेत,सुचित्रा उप्रेती ,प्रकृति ढुङेल, विशाल पहारी ,किरण थापा,अश्विनी कोइराला,राजु बाबु श्रेष्ठ लगायतको  मुख्य भूमिका रहेको छ  । गणेश गिरीको प्रस्तुती रहेको चलचित्रको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन् । सञ्चारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता हुन्। टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको चलचित्रलाई विपिन मल्लले सम्पादन गरेका हुन् ।