पुस, काठमाडौं ।

सोमबार नेपाल ज्योतिष परिषद्को २० औं वार्षिकोत्सव सम्पन्न भएको छ । वि.स. २०५५ साल पुस २४ गते डा. लोकराज पौडेलको अध्यक्षतामा स्थापना भएको थियो । आफ्नो स्थापनाको २० औं बर्षको बार्षिक उपलक्ष्यमा ज्योतिष तथा धर्म विधाका समाचारलाई प्रेश मार्फत पाठकमाझ पु¥याउन सहयोग पु¥याउने दुई पत्रकार हिमालय टाइम्सकर्मी मुरारी ढुंगेल र अर्का पत्रकार नरेन्द्र चुडालीलाई सम्मान गरिएको थियो । त्यसैगरी पञ्चाङ्ग र पञ्चाङ्गकारद्धय तोयानाथ पञ्चाङ्ग समितिका सूर्यनाथ पन्त तथा बाबुराम पञ्चाङ्ग समितिका विश्वराम सापकोटालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार महिला तथा बालबालिका राज्यमन्त्री कान्ता भट्टराईको हातबाट सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रमा बोल्दै राज्यमन्त्री भट्टराईले ज्योतिष विद्या र धर्मशास्त्रको जगेर्नाका लागि सबैले आ–आफ्नो ठाँउबाट सहयोग पुर्याउनु पर्ने बताएकी थिइन् । उनले भनिन्, ‘राज्यका चौथो अंगका रुपमा हेरिएका पत्रकार तथा पञ्चाङ्ग विद्यामा योगदान पुर्याउने व्यक्तिलाई नेपाल ज्योतिष परिषद्ले सम्मान गरेकोमा धन्यवाद दिन चाहन्छु ।’ ज्योतिष विधा एक अत्यन्त महत्वपूर्ण विद्याको रुपमा रहेको बताउँदै राज्यमन्त्री भट्टराईले यसको जगेर्ना गर्नुपर्ने बताइन् ।

२० औं स्थापना दिवस, नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेको सभापतित्वमा भएको उक्त कार्यक्रमा नेपाल ज्योतिष परिषद्का महासचिव सन्तोष वाशिष्ठले आगामी बार्षिकोत्सव परिषद्को आफ्नै भवनमा गर्नेगरि लागि परेको बताए । उक्त कार्यक्रमको संचालन परिषद्का सचिव लक्ष्मण पन्थीले गरेका थिए ।

- हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ ।