पुस, काठमाडौं ।

नेपाली चलचित्रक्षेत्रमा ‘पिंजडा’ चलचित्रबाट भित्रिएका एक्शन नायक निखिल उप्रेतीको यसै चलचित्रको नामलाई लिएर निर्माण गरिएको ‘पिंजडा व्याक अगेन’ प्रदर्शनको तयारीमा छ । आउँदो माघ ४ गतेबाट अलनेपाल रिलिज हुने तयारीमा रहेको यो चलचित्रको गीतसंगीत र ट्रेलरलाई दर्शकले राम्रो मन पराएको पाइएको छ । चलचित्रमा नव–नायिका सारा सिर्पाली र निखिलको मुख्य भूमिका रहेको छ ।

यसै चलचित्रको प्रदर्शनका लागी नायिक निखिल जापान जाने भएका छन् । नेपालमा प्रदर्शन भएको १० दिन पछि जापानमा जनवरी २८ तारिखमा पनि देखाइएको चलचित्र टीमले जनाएको छ । शोमा निखिल एक्लैभने जाने छैनन् उनीसँगै उनकी श्रीमती अभिनेत्री सञ्चिता लुइटेलपनि हुनेछिन् । साथै चलचित्रका निर्देशक हिमाल केसीपनि सँगै हुनेछन् । चलचित्रकमा सञ्चिताको भने अभिनय छैन ।

जापानको टोकियोमा हुने प्रदर्शन लगत्तै अन्य शहरमा पनि भिन्न–भिन्न मितिमा चलचित्र प्रदर्शन हुने निर्देशक केसीले बताए । जापान प्रदर्शनको अधिकार क्लासिक युथ जापानले लिएको हो । यो चलचित्रकोको कथा मौनता श्रेष्ठले लेखेका हुन् ।

चलचित्रमा निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘पिंजडा व्याक अगेन’लाई ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको हो । केही हप्ता अगाडि सडक दुर्घटनामा निधन भएकी विना थापाको पनि चलचित्रमा अभिनय छ ।

सुशान्त श्रेष्ठ र बसन्त शर्मा कार्यकारी निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले खिचेको फिल्ममा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी छ ।