पुस, मुम्बई (एजेन्सी) ।

बलिउडमा प्रेमी प्रेमिकाका लागी नायक तथा नायिकाहरुले बिभिन्न त्याग गरेको सुन्दै आउनु भएको हो । बलिउडका चर्चित अभिनेता वरुण धवनले पनि पे्रमिका (गर्लफ्रेण्ड) कै लागी आफ्नौ बुबाको घर छोड्न लागेका छन् । उनी आफ्नी प्रेमिका नताशा दलालका लागि बुवा डेविट धवनको घर छोड्न लागेका हुन् । वरुणले पे्रमिका नताशासँग बस्न मुम्बईको बान्द्रा नजिकै नयाँ घर खरिदसमेत गरिसकेका छन् । फिल्मी दुनियाँमा प्रवेश गुर्न पूर्व नै वरुण नताशा दलालसँग प्रेम सम्बन्धमा थिए ।

आलिया भट्टसँगको सम्बन्धका कारण वरुण धवनको प्रेमिका नताशा दलालसँग सम्बन्ध केही बिग्रेको छ । साथै व्यस्तताका कारण उनी नताशालाई समय पनि दिन पाइरहेका थिएनन् । यसै कारण अभिभावकहरुको घर छोडेर नताशाका साथ आफ्नै नयाँ घरमा बसाई सर्ने निर्णयमा पुगेका हुन् । उनले घरको इन्टेरियर शाहरुखÞ खानकी पत्नी गौरी खानसँग गराएका छन् । वरुणले गृह प्रवेशको पूजाको समेत आयोजना गरेका छन् । जसको भिडियो चरित्र अभिनेता अनुपम खैरलेसामाजिक सञ्जालमा शेयर गरेका छन् । ‘बद्रीनाथकी दुल्हनिया’ं र ‘जुड़वा २’ जस्ता हिट फिल्म पछि वरुण अहिदे आगामी फिल्म ‘सुई धागा’ को छायांकनमा ब्यस्त छन् ।