बक्सर बन्दै नम्रता

पुस, काठमाडौं ।

अभिनयकै कारण चर्चामा आउने नायिकाको नाम हो नम्रता श्रेष्ठ । उनको अभिनय चलचित्रमा निकै रुचाइन्छ अर्थात कथाले मागेअनुरुप जस्तोपनि अभिनय गर्न सक्ने नायिकाको रुपमा चिनिन्छन् । गतबर्ष मात्रै प्रदर्शन भएको चलचित्र ‘पर्व’ले पनि उनलाई राम्रो उचाई दिलायो । त्यस्तो त्यो भन्दा अघि प्रदर्शन भएको चलचित्र ‘क्लासिक’ ले झनै उनको करिअरमा ‘प्लस पोइन्ट’ थपेको थियो । गतबर्ष पछि उनले अभिनय गरेका चलचित्र प्रदर्शनमा आएका छैनन् भने उनी केहि समय नाटकमा ब्यस्त भइन् ।

अहिले नम्रता आफ्नो नयाँ प्रोजेक्टको तयारीमा जुटेकी छिन् । बुझिए अनुसार नम्रताको नयाँ चलचित्रको नाम ‘जाइरा’ हो । यो चलचित्रमा उनी बक्सर खेलाडीको रुपमा देखिने भएकी छिन् । चलचित्रमा अनुपविक्रम शाहीसँग नम्रताको जोडी बाँधिने छ । चलचित्रको बिषयमा भने अहिले अनुप र नम्रता खासै बोल्न चाहदैनन्  । करिब दुईसाता पछिको औपचारिक घोषणा पनि उनीहरुले चलचित्रको बारेमा बोल्ने बुझिएको छ । ‘जाइरा’ आशुतोष श्रेष्ठले निर्देशन गर्ने भएका छन् । बुझिए अनुसार अहिले नम्रता बक्सिङ खेलाडी जस्तो देखिनका लागी जिम धाएरै भएपनि खुबै मेहनत गरिरहेकी छिन् ।