
<pre style="text-align: justify; "><b>पुस, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नयाँ चलचित्र ’साली कस्को भेनाको’को निर्माण हुने भएको छ । चितवनका पुराना निर्माता प्रसाद श्रेष्ठको प्रस्तुति रहने ‘साली कस्को भेनाको’लाई भद्र भुजेलले निर्देशन गर्ने भएका छन् ।प्रसाद श्रेष्ठले यस अघि कर्जा ,कान्छी ,सन्तान जस्ता सफल चलचित्र निर्माण गरिसक्नु भएको छ ।</p><p style="text-align: justify; ">माघ २ गते चितवनमा शुभ मुर्हत गरेर छायांकन सुरु गरिने ‘साली कसको भेनाको’को छायांकन चितवन र धम्पुसमा गरिने छ । कलाकार पुष्प आचार्यको कथा रहेको यस चलचित्र प्रसाद श्रेष्ठ ,सुरज शाही ठकुरी र मिन घलानको संगीत रहने छ ।</p><p style="text-align: justify; ">चलचित्रमा विल्सन विक्रम राई , सुष्मा कार्की ,मरिष्का पोखरेल,रजनी गुरुङ ,प्रिया रिजाल, जयनन्द लामा ,कविता आले,पुस्कर गुरुङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहने छ ।यसै चलचित्र बाट दीपा सागरले नायकको रुपमा डेब्यु गर्दैछन् । मानविय समबेदना माथि निर्माण गरिन लागिएको ‘साली कसको भेनाको’ कमेडी तथा पारिवारिक चलचित्र हो ।यस चलचित्रमा मगर जतिको सस्कृतिमा साली र भेना बिचको सम्बन्धलाई देखाउना खोजिएको छ ।</p><p style="text-align: justify; ">दिर्घ गुरुङको छायांकन रहने यस चलचित्रमा बसन्त श्रेष्ठ, गम्भीर बिष्ट र सुमित लामा को नूत्यनिर्देशन रहने छ ।चलचित्र ’साली कसको भेनाको’लाई सुनिल कुमार न्यात्स्यो ,बिशाल श्रेष्ठ ,उमेश अधिकारी र मुक्ति अधिकारीले मिलेर निर्माण गर्न लागेका हुन्।</p>