एक्शन चलचित्र ‘क्रिमिनल’ बन्ने

माघ, काठमाडौं ।

समाजमा घट्ने अपराधिक घट्नाक्रमलाई मुख्य विषयवस्तु बनाएर एक्शन प्रधान चलचित्र ‘क्रिमिनल’ बन्ने भएको छ । माघी पर्वको अवसर पारेर सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको शुभमुर्हुत पनि गरिएको थियो ।

नेपाल चलचित्र बिकास बोर्डका सदस्य उत्तम के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्रको बारेमा जानकारी पनि गराइएको थियो । अर्नभ फिल्मस् प्रोडक्शनको तेस्रो प्रस्तुतीका प्रस्तुतकर्ता अर्नभ बस्नेत, निर्माता सिताराम तिमल्सिना ‘ज्याक’ हुन् भने निर्देशक अमृतमान महर्जन रहेका छन् ।

चलचित्रमा किशोर खतिवडा, अनु पाराजुली, रामचन्द्र अधिकारी, सानिया खान, मोहन के.सी., सुरेन्द्र चापागाईं, उग्रसेन ढुंगाना, शंकर शाह, सम्राटजंग थापा, क्रान्ति जंग बराईली, शान्ति भट्टराई, दिव्य नेपाल लगायतका कलाकारहरुको मुख्य भूमिका रहने छ । माघ १२ गते देखि छायांकन सुरु गरिने ‘क्रिमिनल’  पूर्वाञ्चलको विभिन्न स्थानमा छायांकन गरिने निर्माणपक्षले जनाएको छ । चलचित्र संगीत भरत बस्नेत, द्वन्द्व शंकर महर्जन, नृत्य हरिस खनाल, गौरब गिरी, छायांकन रामेश्वर हुँमगाईंको रहने छ ।