‘नेप्टे’को लोकलयमा ‘सुपारी काँचो’ (भिडियो)

...

<pre style="text-align: justify; "><b>माघ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">माघे सङ्क्रान्तिको अवसर पारेरदेव कुमार श्रेष्ठको निर्देशन रहेको फिल्म ‘नेप्टे’को गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच लोक लयको ‘सुपारी काँचो’ बोलको गीत सार्वजनिक गरियो । गीतमा ओम सुनार र सावित्री जोशीको स्वर, गायक सुनारकै संगीत र भानुभक्त ढकालको शब्द सृजना रहेको छ ।&nbsp;</p><p style="text-align: justify; ">कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा छुल्ठिम गुरुङ, रोहित रुम्बा, वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङ लगायतका कलाकारहरु प्रस्तुत छन् । किरण माइकलको पटकथा एंव संवाद रहेको चलचित्रमा रोहित आँफैले कथा लेखेका छन् ।&nbsp;</p><p style="text-align: justify; ">कलाकार रोहित रुम्बाको निर्माण रहेको ‘नेप्टे’ का लिड नायक दयाहाङ राई हुन् । हरी घले लामाको छायांकन रहेको यो चलचित्रलाई चैत ३० गतेबाट प्रदर्शनमा ल्याइँदैछ ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/x3qmfIKv7zk" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>