काठमाडौंको धुलोको बिषयलाई उठाएको ‘भद्रगोल’ सबैले रुचाए, पर्यो युट्युव भिडियोको पहिलो नम्बरमा

...

<pre style="text-align: justify; "><b>माघ, काठमाडौं ।&nbsp; </b></pre><p style="text-align: justify; ">नेपाल टेलिभिजनबाट प्रत्येक शुक्रबार प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ले गएको साता काठमाडौंको धुलोको बिषयलाई उठाएको थियो । अत्यधिक धुलोको कारण जनजीवनमा परेको असरलाई मज्जैले ब्यंग्य गरिएको १ सय ५४ औं भागलाई दर्शकले अत्यधिक मन पराएका छन् । यसका साथै भद्रगोलको यो श्रृंखला नेपालको युट्युव ट्रेन्डिङ नम्बर १ मा समेत पर्न सफल भएको छ ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">युट्युवमा अपलोड गरिएको २४ घण्टा नबित्दै ३ लाख बढी पटक हेरिएको थियो । अहिले भिडियोलाई लगभग साढे ६ लाख पटक हेरिसकिएको छ । यो भन्दा अघि छोटो समयमा यतिधेरै पटक हेरिएको थिएन । यो अंकमा पाँडे आफ्नो भाञ्जालाई भेट्नको लागी काठमाडौं आएको दृश्य छ भने जिग्री बले र कक्रोज कुुखुरा पालन गर्न अनुदानको लागी नेतालाई भेट्न आएका हुन्छन् । नेताले काठमाडौंको धुलोको बिषयमा बुझ्नका लागी आँफुनै सडकमा हिडेमात्रै बुझ्छन् भन्दै नेताको छोरालाई लामोसमय सडकमा हिडाएको र साँच्चै नै जनतालाई धुलोले धेरैनै दुख पारेको रहेछ भन्ने बुझाएका छन् । उक्त श्रृंखला अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीले लेखेका हुन भने निर्देशन पनि उनिहरुले नै गरेका छन् ।</p><pre style="text-align: justify; ">video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/Y1Pbc_tT3zI" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>