आर्ट काउन्सिलमा सुनैनाको एकल चित्रकला ‘समानता’

माघ, काठमाडौं ।

मिथिला कलामार्फत् महिला मुक्ति र स्वतन्त्रताका विषयमा आवाज उठाउँदै आएकी कलाकार सुनैना ठाकुरको दोस्रो एकल चित्रकल प्रदर्शनी ‘समानता’ नेपाल आर्ट काउन्सिलमा भइरहेको छ । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सोमबार प्रदर्शनीको उद्घाटन गरे । मिथिला चित्रकलामा पृथक पहिचानसाथ सक्रिय कलाकार सुनैनाले विशेषत महिला अधिकार, सशक्तिकरण, समानता, महिलामाथि हुने हिंसाका विषयमा चित्र कोर्दैै आएकी छिन् ।

प्रदर्शनीमा बुद्ध, माछा रास, लाइफ अफ ट्रि, माया प्रेम, महिला नेतृत्व, धर्म निरपेक्ष नेपाल, बौद्धिक सत्य आमा, गोदना रास (टाटु), नारीको समस्त रुप, होलिका दहन, नारी शक्ति, आमा छोराको प्रेम, अर्ध नारेश्वर, ग्रामीण परिवेश, नारी पुरुष एक समान, ममतामयी आमा, जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी, नारी चन्द्र सूर्यको प्रतिक, ज्योति समस्त प्रतिक नेपाललगायत शीर्षकका २८ चित्रकला राखिएका छन् ।

महोत्तरी जिल्ला जलेश्वर–४ की सुनैनाले पोखरा, काठमाडौँ, भारतलगायत स्थानमा कला प्रदर्शनी तथा कला कार्यशालामा सहभागी भइसकेकी छिन् । कलाकार सुनैनाले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट ललितकला विशेष पुरस्कार, अमेरिकाबाट कमन ग्राउण्ड अवार्डलगायत सम्मान तथा पुरस्कार प्राप्त गरिसकेकी छिन् । प्रदर्शनी माघ ६ गतेसम्म सञ्चालन हुनेछ ।