माघ, काठमाडौं ।

निर्देशक लक्षु गौतमको निर्देशनमा बनेको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘म यस्तो संसारमा’ बोलको रोमान्टिक पप् गीतमा शब्द, संगीत र स्वर रुपेश परियारको रहेको छ । सार्वजनिक गीतको भिडियोमा मेग्ना र मिनको अभिनय देख्न सकिन्छ ।

मंगलबार राजधानीको सिटीम्याक्समा आयोजना गरिएको भिडियो सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि रंगपत्रकार शान्तिप्रियले म्युजीक भिडियोका लागी पनि ठुलो मेहनत गरेको बताए । उनले नेपालमा सार्वजनिक हुँदै आएका भिडियोभन्दा मेकिङमा केहि पृथक पाएको सुनाए । ‘बिल्कुलै फरक छ भन्न त मिल्दैन तर केहि फरक छ । मेकिङ र निर्देशनको पाटो बलियो देखिन्छ ।’, शान्तिप्रियले भने । त्यस्तै निर्देशक गौतमले आफुले म्युजीक भिडियोमा चलचित्रमा जस्तै प्रयोग गरेको बताइन् । उनले म्युजीक भिडियो पछिल्लो समय नेपालमा जस्तोपनि आउन लागेकोले पनि राम्रो बनाउनुपर्ने चुनौती बढेको बताइन् ।

‘अहिले नेपालमा छ्याप छ्याप्ती म्युजीक भिडियो आउन थाले । मेकिङको पाटोलाई ध्यान दिएर म्युजीक भिडियो आएको त राम्रै हो तर मेकिङमा लापरबाहि भएका भिडियो नै धेरै छन् त्यसैले पनि राम्रो भिडियो बनाउनुपर्ने चुनौती देखिएको छ । अहिले सार्वजनिक भिडियोलाई पनि निकै मेहनत गरेका छौं आशा छ दर्शकलाई मन पर्नेछ ।’, गौतमले भनिन् । उनले दर्शकले अन्य म्युजीक भिडियो भन्दा निकै फरक नभएर केहि न केहि फरक पाउने बताइन् ।

‘मैले बबालै भिडियो बनाएकी छु त भन्दिन तर अन्य म्युजीक भिडियोहरु भन्दा केहि फरक गर्ने कोसिस गरेकी छु ।’, उनी थप्छिन् । निर्देशनको पाटोमा गौतमलाई निर्देशक रोशन सापकोटाले सघाएका छन् । भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने बिष्णु खड्काले सम्पादन गरेका हुन् ।

video: