माघ, काठमाण्डौ ।

नायक प्रदिप खड्का अभिनित चलचित्र ‘प्रेम गीत २’ सिड्नीमा प्रदर्शन हुने भएको छ । केहि महिना अघि नेपालमा प्रद्र्रशन भएको यो चलचित्रलाई दर्शकले धेरै रुचाएका थिए । नेपालमा सफल मानिएको ‘प्रेम गीत २’ प्रेम महिनाका रुपमा फ्रेब्रुअरी महिना भरी सिड्नीमा शो हुने जानकारी दिइएको छ । पहिलो शो फ्रेबरुअरी ३ तारिख शनिबारका दिन हर्षभिलको सिभिक थियटरमा हुने र बाँकी शोको मिति सार्बजनिक गर्दै जाने सिड्नी शो ब्यबस्थाको जिम्मा लिएको कलिउड क्लबका निर्देशक श्यामसुन्दर गिरीले जानकारी दिए ।

यस अघिको चलचित्र ‘प्रेम गीत’को सिक्वेलमा निर्माण गरिएको चलचित्रको डायस्पोरा राईट्स ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सी अमेरिका र नेपालले लिएको हो । आशुसेन फिल्मसको ब्यानरमा निर्मित चलचित्रलाई रामशरण पाठक निर्देशन गरेका हुन् । भने,संतोष शेनले निर्माण गरेका हुन् । यस चलचित्रमा प्रदिपको अपोजिटमा नायिका अश्लेषा ठकुरी छिन् नेपाल, थाईल्याण्ड र म्यानमारमा छाँयाकन गरिएको यस चलचित्रमा प्रदिप र अश्लेषाको अलवा कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेन लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । पुर्ण लभ स्टोरी जनरामा निर्मित चलचित्रको सिड्नीको शोका लागि २५ डलर टिकट राखिएको छ ।

४ माघ २०७४, बिहीबार ०४:०९