माघ ,काठमाडौं ।

चलचित्र ‘हुर्रे’को नयाँ गीत सार्वजनिक भएको छ ।आइतबार राजधानीमा आयोजित कार्यक्रम विच निर्माण पक्षले चलचित्रको दोस्रो गीत सार्वजनिक गरेको हो।
‘बाँचे नी पशुपति मरे नी पशुपति’ बोलको गीतमा झुमा लिम्बु र कालिप्रसाद बाँस्कोटाको स्वर रहेको गीतमा एकतारेको शब्द, कालिप्रसादकै संगीत रहेको छ । गीतको भिडियोमा नायिका नीता ढुंगानाले आइटम नृत्य गरेकी छिन् । नीतालाई यति बोल्ड अवतारमा दर्शकले पहिलो पटक देखेका हुन् ।

फागुन २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘हुर्रे’मा यम थापाको लेखन तथा निर्देशन रहेको छ। चलचित्रमा केकी अधिकारी, अंकित खड्का, अनुपविक्रम शाही, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।