कार्टुन्ज क्रुका सरोज संग चोखो माया माग्दै प्रियंका, हेर्नुहोस भिडियो

माघ , काठमाडौं।

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका प्रियंका कार्की पछिल्लोसमय चलचित्रका साथै म्युजिक भिडियोहरुमा पनि निकै देखिन थालेकी छिन्। यसैविच प्रियंकाको नृत्य रहेको नयाँ गीतको भिडियो बजारमा आएको छ।  मेलिना राई र सरोज ओलीको आवाजमा रहेको 'माछीले खाने खोलीको लेऊ’ बोलको गीतमा नायिका प्रियंका कार्की का साथमा कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय रहेको छ । भिडियोमा प्रियंका, आश्मा र सरोजको त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई सुदिप बरालले छायांकन गरेका छन् । गीतमा वसन्त सापकोटाको संगीत छ र दिनेश थपलियाको शब्द छ ।

गीत सार्वजनिक सँगै भिडियोको लागि कभर डान्स प्रतियोगिता पनि खुलेको छ । मार्च अन्तिमसम्म खुलेको प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने प्रस्तुतकर्ता शुभ मिडिया होमले जानकारी दिएको छ । साथै यसअघि आएको गीत ‘जता जता पिरतीको बाटो’ को कभर डान्स प्रतियोगिताको विजेता पोखराको ‘क्रिस्टल क्लज डान्स ग्रुप’ लाई १ लाख रुपैयाँ प्रदान गरिएको थियो ।