माघ , काठमाडौं।

आउँदो चैत ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘शत्रु गते’ को डबिङकार्य शुरु भएको छ । चलचित्रका मुख्य कलाकार मदनकृष्ण श्रेष्ठ र किरण केसीको डबिङ कार्य सकिएको छ भने अन्य मुख्य कलाकारहरुको डबिङ कार्य हुँदै छ ।

डबिङ कार्य सकाउँदै कलाकार मदनकृष्णले यो भन्दा अघि दर्शकले आफुलाई देखेको भूमिका भन्दा फरक भूमिकामा देख्न पाउने बताए । ‘मलाइ देखि रहनु भएको भन्दा केहि भिन्न देख्नु हुनेछ । निर्देशक प्रदीप भट्टराई भाईले राम्रो काम गरेका छन् । डबिङमा हेर्दा निकै रमाइलो लाग्यो फिल्म ।’, कलाकार मदनकृष्णले भने । त्यस्तै उनले नयाँ कलाकारहरुसँग काम गर्न पाउँदा निकै खुसी लागेको पनि बताए । ‘पछिल्लो समय नयाँ पुस्तासँग कामगर्न पाउदा रमाइलो अनुभव नै रह्यो । फिल्ममा हामीले हाम्रै समाजको कथालाई चित्रण गरेका छौ । फिल्म हेरेपछि यसलाई रुचाउनु हुनेछ भन्नेमा म विश्वस्त छु ।’, उनले भने ।

त्यस्तै चलचित्रका अर्का कलाकार किरण केसीले दर्शकलाई पुर्णरुपमा मनोरञ्जन दिने बताए । ‘फिल्मको कथा अनुसार पात्रचयन गरेका हौ र मलाइ लाग्छ फिल्मले दर्शकलाई मनोरन्जन प्रदान गर्नेछ । फिल्मलाई डबिङमा हेर्दा नै हामी हाम्रो सोचलाई पर्दामाउतार्न सफल भए जस्तो लागेको छ ।’, केसीले भने ।

त्यस्तै निर्देशक प्रदीप भट्टराईले धमाधम चलचित्रको डबिङ कार्य भइरहेको बताए । साथै उनले चलचित्रमा पात्रहरुलाई सहि ब्यवस्थापन गर्न सकेको पनि बताए । ‘फिल्मको मदनदाई र किरण दाईको डबिङ लगभग सकियो । केहिमुख्यकलाकारको भने बाकी छ । मलाइ एउटा चुनौती थियो, कलाकारलाई कथामा कसरि ब्यबस्थापन गर्ने ? त्यसलाई राम्रोसँग कथामा बुन्न सके जस्तो लाग्छ । बाकि त दर्शकले फिल्म हेरेपछि नै मुल्यांकनगर्नु हुनेछ ।’, निर्देशक भट्टराईले भने ।

चलचित्र पहिलो सार्वजनिक गीत ‘रुपै मोहनी’ मार्फत चर्चामा छ । चलचित्रमा हरिवंशआचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको फिल्मका कार्यकारी निर्माता किरण केसी हुन् ।

रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल फिल्मका निर्माता हुन् । मह–सञ्चारको ब्यनारमा निर्माण गरिएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेलसंगै पलशाह र आँचल शर्माको जोडीलाइ पनि दर्शकले देख्न पाउने छन् । चलचित्रमा दीर्घ गुरुङको छायांकन, कविराज गहतराजको नृत्य र राजनराज सिवाकोटीको गीततथा संगीत सुन्न सकिनेछ ।