शिवको फिल्ममा दिलिप–प्रियंका पनि

माघ, काठमाडौं ।

नेपाली चलचित्रक्षेत्रका पुराना नायक शिव श्रेष्ठले निर्माण गर्न लागको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा नायक दिलिप रायमाझि र नायिका प्रियंका कार्की पनि रहने भएका छन– । यसअघि वर्षा राउत, नायक द्वय संजोग कोइराला र नरेन खड्कापनि चलचित्रका लागी फाइनल भइसकेका छन् । चलचित्रको आउँदो फागुनबाट छायांकन शुरु हुँदैछ ।

चलचित्रको बिषयमा औपचारिक घोषणा भने भएको छैन । साथै अहिले कलाकारहरुको बिषयमा पनि चलचित्र टिमले बोल्न चाहँदैन । दिपेश सापकोटाले निर्देशन गर्ने यो चलचित्रमा हाँस्य कलाकार किरण केसी पनि रहने बुझिएको छ । निर्देशक सापकोटाका अनुसार चलचित्र नारी प्रधान हुनेछ भने चलचित्रको मुख्य भूमिकामा  वर्षा, प्रियंका र बिष्णु चेम्जोंङ देखिनेछन– ।

शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मलाई यशोदा राई र दिनेश दर्शनधारीले संयूक्त रुपमा निर्माण गर्न लागेका हुन् । निर्माता तथा नायक श्रेष्ठ आफैंले फिल्मको कथा लेखेका हुन् ।