
<pre style="text-align: justify; "><b>माघ, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> नेपाली गीतसंगीतको क्षेत्रमा एक गीत थपिएको छ । मनछुने शब्द तथा भाव बोकेको ‘सान्नानी’ बोलको गीतलाई ठाकुर प्रताप दुलालले ल्याएका हुन् । संगीत बिषयमा नेपालमा बिए र भारतबाट एम ए सम्मको अध्ययन गरेर बिगत लामोसमय देखी गीतसंगीतलाई बुझेका दुलालले आफ्नै शब्द, संगीत तथा स्वरमा भिडियो सहितको गीत सार्वजनिक गरेका हुन् । </p><p style="text-align: justify; ">सार्बजनिक गीतमा प्रिया रिजाल र गायक ठाकुर प्रताप आफैले अभिनय गरेका छन् । बिदेशमा रहने श्रीमान् लाइ सम्झदै प्रियाले दिन गनिरहेको भिडियोमा देखाइएको छ । भिडियोलाइ पेमा तामाङ (गोफ्ले) ले निर्देशन गरेका हुन् भने हरिश महरा ले छायांकन गरेका हुन् । भिडियोलाइ सुजन शाहीले सम्पादन गरेका हुन् भने मेकअप सन्जु पौडेलको रहेको छ । </p><p style="text-align: justify; ">गायक दुलालले संगीतको क्षेत्रमा लामो समयदेखी सक्रिए रहेपनि आफुलाई यो गीतले दर्शक तथा स्रोता समक्ष चिनाउनेमा आशावादी रहेको बताउँछन् । ‘तिनदशक देखी यहि क्षेत्रमा सक्रिए छु, मेरा सयौं गीत बजारमा आए तर यो गीत दर्शक तथा स्रोताको चाडै दिमागमा बस्छ जस्तो लाग्छ ।’, उनले भने </p><p style="text-align: justify; ">निर्देशक पेमाले निर्देशन गरेका दर्जनौं गीत मध्ये यो गीत आफुलाई आश लागेको गीत रहेको बताए । कलाकारितामा पनि सक्रिए पेमाले गीतको भिडियोलाई गीतअनुसार बनाएको बताए । ‘युवा पुस्ताका लागी पनि राम्रो हुन्छ भनेर भिडियोमा बेली डान्सलाई पनि राखिएको हो । डान्सिङ गीत भएकोले पनि भिडियोमा बेलिका केहि स्टेप राखिएको हो ।’, पेमाले भने । </p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/9STkqQSwi7g" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>