
<pre style="text-align: justify; "><b>माघ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">चलचित्र ‘कृ’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । नायक अनमोल केसी र नायिका अदिती वुढाथोकी फिचरिङ ‘मैले जानी नजानी’ बोलको गीतको भिडियो मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । </p><p style="text-align: justify; ">गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । गीतको भिडियोमा विक्रम लामा र एन्जिलिना खत्रीको कोरियोग्राफी छ । स्कटल्याण्डमा खिचिएको गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । </p><p style="text-align: justify; ">सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको प्रस्तुतकर्ता ब्यानर द सुपर काजोल फिल्मस् हो । सुवास गिरी र भूवन केसीले यो चलचित्रको निर्माण गरेका हुन् । चलचित्रको निर्देशन सुरेन्द्र पौडेलले गरेका हुन् । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन् । स्कटल्याण्डको रमाइला स्थानहरुमा खिचिएको गीतको भिडियो निकै राम्रो बनेको देखिन्छ । चलचित्र आउँदो माघ २६ गतेबाट प्रदर्शन हुने तयारीमा छ । </p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/6GQLxSaI1XE" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre><p style="text-align: justify; ">केहिसाता अघिमात्रै अनमोल सहित कृ टि स्कटल्याण्ड गएको थियो । सोहिक्रममा आर्टिष्ट खबरले निर्माण गरेको अनमोल बिशेष रिपोर्ट हेर्नुस् । </p><pre style="text-align: justify; "><b>report:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/RAc7H9KM_ro" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>