जन्मदिनमा बल्छिको सहयोगी मन, जलजलालाई आफ्नो हातबाट ९६ हजार हस्तान्तरण

माघ, काठमाडौं ।

हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे)ले आफ्नो ३० औं जन्मदिनमा सहयोगको हात अगाडि बढाएका छन् । बिगत बिस दिनदेखी दुबै मृगौलाले काम गर्न छाडेपछि टिचिङ अस्पतालमा उपचार गराइरहेकी गायिका जलजला परियारलाई जन्मदिनको खर्च कटौती गरि नगद १० हजार सहयोग गरेका हुन् । साथै उनको हातबाट अमेरिकामा रहेका नेपाली सहयोगीमनहरुले पठाएको ८६ हजार रुपैंया पनि जलजलाको परिवारलाई हस्तान्तरण गरिएको छ ।

‘जन्मदिनमा साथीभाईसँग बसेर रमाइलो गर्ने पैसा जलजला बहिनीको स्वास्थ्यका लागी दिने बिचार गरें । रमाइलो भन्ने कुरा त जहिले गरेपछि हुन्छ ।’, बल्छिले भने । यस्तै उनले नेपालमा कलाकारकै अवस्था सहयोगको भरमा पर्नु परेकोले यो बिषयमा सरकारको ध्यान जानुपर्ने बताए । ‘यदि कुनै ठुलो रोग लाग्यो भने नेपालका सबै कलाकारहरुको अवस्था यस्तै हुन्छ । त्यस्तैले सरकारले केहि सुविधा दिवस् जसबाट दुखपर्दा राहत मिलोस् ।’, उनले भने ।

यस्तै जलजलाका पिता नारायण बहादुर दर्जिले आफ्नी छोरीलाई दुख पर्दा कलाकारहरु एकजुट भएर सहयोग गरेको देख्दा निकै खुसी लागेको बताए । साथै सम्पुर्ण नेपालीहरुको आर्शिवादले छोरीको ज्यान बच्नेमा आशावादी रहेबो बताउँछन् । ‘छोरीलाई देश भित्र तथा बाहिर रहनुभएका नेपाली दाजुभाई तथा दिदि बहिनीहरुले यति धेरै माया गर्नुभएको छ, आर्शिवाद दिनुभएको छ । अहिले छोरी पहिला भन्दा धेरै टाठी पनि भएकी छिन् । यो सबैको मायाले हो ।’, दर्जिले भने । उनले डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने या नपर्नेमा टुंगो नदिसकेको बताए । यदि प्रत्यारोपण गर्नुपरेका आमा बुबा दुबैले मृगौला दिन तयार भएको बताए । ‘जलजलाकी आमाले मृगौला जाँच गराइसकेकी छिन् । यदि प्रत्यारोपण नै गर्नुपर्ने अवस्था आयो भने दिन तयार छौं ।’, उनले भने । उनका अनुसार जलजलाको मृगौला एक प्रतिशत मात्र ‘रिकभर’ हुने सम्भावना छ ।

जलजला अहिले २१ बर्ष पुगिन् । उनले नेपाली तारा सिजन तिनकी टप ४ प्रतियोगी पनि हुन् । उनले थुप्रै गीतहरुमा स्वर दिएकी छिन् ।

video: