माघ, काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गायक याम क्षेत्रीको स्वरमा नयाँ पञ्चेबाजा गीत सार्वजनिक गरिएको छ । ‘मुस्तांङको स्याउ मिठो आलु बनौंको’ बोलको उक्त गीतमा नेपाली गाउँघरमा प्रयोग गरिने टिपिकल शब्दहरु प्रयोग गरिएको छ । बिशेषतः यतिबेला लगनको बेलालाई लक्षित गर्दै यो गीत सार्वजनिक गरिएको हो ।

गीतमा यामसँगै सरस्वती लामिछानेको स्वर रहेको छ । गीतमा प्रकाश रेग्मीले शब्द तथा संगीत भरेका छन् । सार्वजनिक भिडियोलाई दिलिप रेग्मीले निर्देशन गरेका हुन् । भिडियोमा याम क्षेत्री, प्रकाश रेग्मी, दिलिप रेग्मी, रबिन्द्र भण्डारी, संगीता अधिकारी, सुर्य क्षेत्री लगायतको अभिनय रहेको छ । सर्मपण म्युजीकको प्रस्तुतीमा रहेको यो गीतको भिडियोलाई याम क्षेत्रीकै युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

भिडियोः

गायक याम क्षेत्री दुई महिना अघिमात्रै विवाह बन्धनमा बाधिएका हुन् । यसैबिच उनको बिवाह समारोहमै अर्को पञ्चेबाजा गीत पनि छायांकन गरियो । ‘लम्जुंङे मायालाई पर्वते बनाउछु’ बोलको गीतमा यामसँगै देवी घर्तिमगरको स्वर रहेको छ । गीतको भिडियो तल हेर्नसक्नुहुनेछ ।

भिडियोः

२५ माघ २०७४, बिहीबार ०८:०३