अशोक शर्माले ‘जय भोले’ बनाउने

माघ, काठमाडौं ।

चलचित्र ‘जय भोले’ बन्ने भएको छ । नेपाली चलचित्रक्षेत्रका पुराना कलाकार अशोक शर्माले करिव १२ वर्षपछि यो चलचित्रको घोषणा गरेका हुन् ।  सामाजिक तथा कमेडी जनरामा निर्माण हुने यो चलचित्रमा शर्मा आँफैले निर्देशन तथा लगानी गर्दैछन् । साथै चलचित्रमा अभिनेता खगेन्द्र लामिछानेको पटकथा एवं मुख्य भूमिका हुनेछ ।

फिल्म वल्र्ड र एए ग्रुप ब्यानरमा १ करोड ६० लाख बजेटमा निर्माण हुने यो चलचित्र आउँदो शिवरात्रीदेखि झापा र इलामको छायांकनमा जाने बताइएको छ । साथै चलचित्र आगामी दशैं फूलपातिमा प्रदर्शन गरिने भएको छ । चलचित्रमा अशोक शर्मा र खगेन्द्रसहित सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ । पुरुषोत्तम प्रधानको छायांकन, राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन समावेश हुनेछ । ‘मितिनी’ निर्देशनको १२ वर्षपछि शर्मा निर्देशनमा कमब्याक गर्न लागेका हुन् ।