माघ, काठमाडौं ।

लामो समय देखी विवादमा मुछिएको चलचित्र ‘गाँजाबाजा’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको नामले गर्दा अदालतसम्म पुगेको यो चलचित्र अन्ततः गीत पश्चात ट्रेलर पनि सार्वजनिक गर्न सफल भएको हो ।

निख एण्ड जटाको संगीत रहेको सिनेमालाई गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको । बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको यो चलचित्रमा याकोपो रास्लिकको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन छ । चलचित्रमा दिपेन्द्र रेग्मी र गोमा विष्ट थापाले लगानी गरेका छन् ।

निर्माण भएको दुईबर्ष पुग्दा समेत चलचित्र बिकास बोर्डले चलचित्रको नामलाई लिएर पास भएको थिएन । नामले गर्दा चलचित्र नराम्रो हुन नसक्ने चलचत्रिका निर्देशक पाण्डेयले बताउँदै आएका थिए । ‘हामीले गाँजा खान हुन्न भनेर सन्देश पो दिन खोजेका हौं त कसरी चलचित्रको शिर्षकले मात्र चलचित्र नै रोक्न मिल्छ ?’, निर्देशक पाण्डेयले भनेका थिए । यस्तै उनले चलचित्रको नाम कुनैपनि हालतमा परिवर्तन नगर्ने अठोत पनि लिएका थिए । ‘हामी गलत छौं भनेपो गलत भन्न मिल्छ त त्यसैले हामी अदालत सम्म पुगेका हौं ।’, पाण्डेले भनेका छन् । यस्तै निर्माण गोमा बिष्टले पनि चलचित्रमा पहिलो पटक लगानी गर्दानै चलचित्रक्षेत्रका केहि ब्यक्तिले दुख दिएको बताएकी थिइन् । उनले चलचित्रले जतिनै झमेला बेहोर्नुपरेपनि शिर्षक परिवर्तन नगर्ने बताएकी थिइन् । अन्ततः चलचित्र अदालत सम्म पुगेर ‘गाँजाबाजा’ नामबाटै दर्शकसमक्ष आउने भएको छ । चलचित्र आउँदो फागुन २५ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदै छ ।

Trailer: