रुँदै कराउँदै अनमोलका फ्यान, ब्यापार आक्रमक

गोपिकृष्ण चापागाईं /माघ, काठमाडौं ।

युवास्टार अनमोल केसी र नायिका अदिती वुढाथोकीको मुख्य भूमिकामा रहेको चलचित्र ‘कृ’ गएको शुक्रबारबाट देशभरीका सयभन्दा बढी हलहरुमा एकसाथ प्रदर्शन भइरहेको छ । यसैबिच देशभरीका अधिकांश चलचित्रहरु हाउसफुलका साथ ब्यापार गरिरहेको निर्माण पक्षले जनाएको छ । यस्तैक्रममा शनिबार युवास्टार अनमोल र नायिका अदितिसँगै चलचित्र टिम राजधानीको दुई फिल्महलमा पुग्दा फ्यान क्रेज देखियो ।

शनिबार दिउँसो २ बजेको समयमा चावहिलस्थित गोपिकृष्ण फिल्महलमा पुग्दा हजारौं दर्शक अनमोलको नाम लिँदै चिच्याएका थिए । साथै केहि युवती फ्यानहरु रुँदै कराएको पनि देखियो । ६ जना बडिगार्ड सहित हलमा पुग्दा उनलाई गाडीबाट बाहिर निकाल्न निकै मुस्किल परेको थियो । अगाडि प्रहरीको भ्यान र पछाडि ६ जना बडिगार्डको सुरक्षामा हल पुगेका अनमोल र अदितीले दर्शकको उल्लेखनीय उपस्थिती देख्दा निकै खुसी भएका थिए । अनमोलले गाडीबाट बाहिर निस्किएर केहिबेर दर्शकसँग मोबाइल सेल्फि, अटोग्राफ तथा हात मिलाएका थिए । साथै उनले केहि दर्शकसँग चलचित्रको प्रतिक्रिया समेत बुझ्न भ्याएका थिए ।

दर्शकको भीडमा अनमोलले ‘आउनुहोस् हामी सबै मिलेर राष्ट्रियताको बिषयमा ऐक्यवद्धता जनाउ’ भन्दै उनले राष्ट्रिय गान गाएका थिए । अनमोलले राष्ट्रिय गान गाउँदा उनीसँगै हलमा पुगेका दर्शकले पनि गाएका थिए । आफू र नेपाली चलचित्रलाई माया गरिदिएको भन्दै अनमोलले सबै फ्यानलाई धन्यवाद दिए । उनले, आफ्नो कामका कारण दर्शकले आफूलाई यति धेरै माया गरेको हुनसक्ने बताए ।

यस्तै, काठमाण्डौको अष्टनारायण हलमा भने अनमोल चलचित्रको ब्रेकमा हल भित्रै प्रवेश गरेर दर्शकलाई धन्यवाद दिएका थिए । अनमोल एक्कासी हलमा पुग्दा दर्शक ‘अनमोल अनमोल’ भनेर चिच्याएका थिए । बच्चादेखि यूवायूवतीहरु उनीसँग सेल्फी खिच्न लालाहित देखिए ।

निर्देशक सुरेन्द्र पौडेलले आफुहरुको मिहिनेत सफल भएको बताए । यस्तै, निर्माता सुवास गिरीले भने दर्शकको यो मायाले आफू झनै उत्साहित भएको बताए । प्रेम र एक्सनको मिश्रण यो चलचित्रलाई बदलाको कथामा बनाइएको छ । चलचित्र हेर्ने अधिकांश दर्शकले नायक अनमोल केसीले सधै एकै प्रकारको चलचित्र खेलेको तर ‘कृ’बाट फरक शैली अपनाएको भन्दै खुशी व्यक्त गरे । अनमोल केसीको एङ्ग्री अवतारलाई दर्शकले बढी मन पराएका छन् । निर्माता सुवास गिरी र नायक भूवन केसीपनि चलचित्रको ब्यापार देखेर खुसी देखिन्थे ।

आक्रामक व्यापार

चलचित्र ‘कृ’ले प्रदर्शनको दोश्रो दिनसम्म आक्रामक ब्यापार गरेको छ । काठमाडौंका  सिंगल र मल्टिप्लेक्स हलमा चलचित्रको आक्रामक व्यापार देखिएको छ । काठमाण्डौको सर्वाधिक चर्चित हल मानिएका गोपिकृष्ण मुभिज र अष्टनारायण पिक्चर्समा चलचित्रको व्यापार बम्पर रह्यो । गोपिकृष्ण मुभिजमा बिहानी शोमा ४ वटा हल हाउफूल रहे । दिउँसो सवा २ बजेको शोमा गोपिकृष्णका ६ वटा पर्दा हाउसफूले रहे । नेपाली चलचित्र पहिलो पटक एकसाथ ६ वटा पर्दामा लागेको हल संचालकले जानकारी दिएका छन् ।

बलिउड चलचित्र ‘प्याडम्यान’लाई समेत गोपिकृष्ण मुभिजको कृष्ण हलबाट नेपाली चलचित्र ‘कृ’ले विस्थापित गरिदियो । शनिबार काठमाण्डौको अष्टनारायण हलमा बिहानी शोदेखि रात्रीकालिन शोसम्म ४ वटै पर्दामा ‘कृ’ हाउसफूल रह्यो । हिन्दी चलचित्रलाई हटाएर दिनभर अष्टनारायणका ४ वटै पर्दामा नेपाली चलचित्र ‘कृ’ देखाइएको थियो ।

काठमाण्डौका क्यूएफएक्स, बीग मुभिज, एफक्यूब, बीएसआर जस्ता मल्टिप्लेक्स हलमा पनि चलचित्र दिनभरी नै शत प्रतिशत व्यापार गर्न सफल रह्यो । काठमाण्डौ बाहिरका पोखरा, चितवन, वुटवल, नेपालगञ्ज, इटहरी, विर्तामोड, धरान, दमक, हेटौडामा पनि चलचित्रले उच्च कलेक्शन गर्न सफल भएको छ । यसअघि नेपाली चलचित्र खासै प्रदर्शन नहुने तराईका केहि जिल्लामा पनि हिन्दि चलचित्रलाई बिस्थापित गरी ‘कृ’ प्रदर्शनमा आएको छ ।

Video:

Live by Artist Khabar:

Report:

Others video about anmol kc: