
<pre style="text-align: justify; "><b>माघ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">चलचित्र ‘शत्रु गते’ को हल टिजर सार्वजनिक गरिएको छ । यो टिजर इन्टरनेटमा भने अपलोड हुने छैन । यतिखेर चलचित्र ‘कृ’ हेर्नका लागी दर्शकहरु हलमा आइरहेका बेला उपहार स्वरुप तिनै दर्शकका लागी टिज सार्वजनिक गरिएको हो । ‘कृ’ को दर्शक फ्लोलाई ध्यानमा राख्दै शत्रु गते युनिटले टिजरलाई प्रचारको राम्रो माध्यम बनाएको हो । <br></p><p style="text-align: justify; ">प्रदिप भट्टराईको निर्देशनमा तयार भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला, किरण केसी, शिवहरी पौडेल, बशुन्धरा भुसाल, रमेश रंजन झा, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतको अभिनय रहेको छ।</p><p style="text-align: justify; ">फिल्मलाई मह सञ्चारको ब्यानरमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन्। चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ। पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन्। यसमा छायाँकन दीर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन्। लचचित्र आउँदो चैत ९ गतेबाट प्रदर्शनमा आउँनेछ । </p>