रोजीको गीत र पुस्तक एकसाथ

माघ, काठमाडौं ।

गीतकार रोजी लाबुङ राईले एल्बम र गीत एक साथ सार्वजनिक गरेकी छिन्  । वरिष्ठ गीतकार डाक्टर कृष्णहरि बरालको प्रमुख आथित्यता र गीतकार उन्नती बोहरा ‘शिला’ को विशिष्ट आथित्यतामा एल्बम ‘रोजाई’, ‘समन्वय’ र पुस्तक ‘सोचाइ’को एकसाथ लोकार्पण गरिएको हो ।

एल्बम रोजाईमा ७ गीत समावेश छन् । ‘माया दिए, ओ परदेशी, भुल गरे, म सधै सधै, अब म मर्छु होला, सुनसान रातको र डन्ट लाइक योर बानी’ लगायतका गीत समावेश छन् । जसमा रामकृष्ण ढकाल, मेलिना राई, प्रमोद खरेल, मौनता कमबाङ, साझ सिंह, मिलन अमात्य र राजेश पायल राईको स्वर रहेको छ। यसमा बसन्त सापकोटा, डी रातु, नरेश लिङदेन, तारा प्रकाश लिम्बु, महेश खड्काको संगीत रहेको छ ।

यसैगरी एल्बम समन्वयमा ८ गीत समावेश छन्। यसमा तिमीलाई माया, तिम्रो माया, अलिकति माया, कोहि जिउँदै, जलन हुन्छ, सुन्दर फुल, जलन हुन्छ २ र देश प्रेमी लगायतका गीत समावेश छन् ।

कार्यक्रममा अन्जान थिए बोलको गीतको भिडियो समेत सार्वजनिक गरियो। गीतमा शब्द रोजीको रहेको छ भने यसमा संगीत र स्वर विक्रम राईको रहेको छ। राजिव समरको नृत्य निर्देशन , मिलन शंकरको छायाँकन , सुप्रिम पराजुलीको सम्पादन र शान थापाको निर्देशन रहेको छ ।