![...](https://artistkhabar.com/wp-content/uploads/2024/07/f0c71b5d02ad2bef25121d92b2af4e301518410639.jpg)
<pre style="text-align: justify; "><b>माघ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईले नयाँ गीत बजारमा ल्याएका छन् । ‘कोरेर मिठा भावहरु…’ बोलको गीतमा नरु त्रिपथीको शब्द रहेको गीतमा संगीत बिपी वाग्लेले गरेका छन् । राजन खतिवडा र राजन त्रिपथीले अभिनय गरेको भिडियो नवीन भट्टले निर्देशन गरेका छन् । <br></p><p style="text-align: justify; ">यसअघि सेकेण्ड रनरअप प्रताप दासले पनि गीत बजारमा ल्याइसकेका छन् भने चौथौं स्थानमा आएर पनि सर्वाधिक चर्चा र माया पाएका सागर आलेले भने चारवटा गीत गाइसकेका छन् । नेपाल आइडल बिजेता बुद्ध लामाले भने गीत बजारमा ल्याइसकेका छैनन् । अहिले यो टिम अमेरिकामा साँगितिक कार्यक्रमका ब्यस्त छ । </p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/2KwIB07Drws" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>