‘कोहलपुर एक्सप्रेस’को दोस्रो गीत सार्वजनिक

फागुन, काठमाडौं ।

चलचित्र ‘कोहलपुर एक्सप्रेस’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘अब मनसँग मन’ बोलको गीत भिडियोसहित इन्टरनेट रिलिज भएको हो । पहिलो गीत ‘काउ सङ्’ले युट्युब र सामाजिक सञ्जालमा प्रतिक्रिया निकै राम्रो पाएको थियो ।

दोस्रो गीतमा शब्द र संगीत अर्जुन पोखरेलको रहेको छ भने सुगम पोखरेल र अन्जु पन्तले गाएका छन् । केकी अधिकारी र बिनोद न्यौपाने फिचर्ड भिडियोमा कोरियोग्राफी गम्भीर बिष्टको रहेको छ ।

चलचित्र बिशाल भण्डारीले निर्देशन गरेका हुन् । तीन युवतीको यात्राको कथा पनि निर्देशक स्वयंमले लेखेका हुन् । चलचित्रमा केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, बिनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई आदिको अभिनय रहेको छ। अर्जुन तिवारीले खिचेको फिल्मलाई भद्रबहादुर शाही, देवीलाल न्यौपाने (पण्डित), शिवप्रसाद चौलागाईले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

video: