फागुन, काठमाडौं ।

आउँदो मार्च ९ तारिखमा कतारमा हुने ‘बुम कुमारी सुपर स्टार नाइट’ को तयारी तिब्ररुपमा भइरहेको छ । नेपाली कला, संस्कृति र सांगीतिक क्षेत्रलाई अझ फैल्याउने उदेश्यका साथ कुमारी बैंक र बुम रेमिटको आयोजनामा हुने यस कार्यक्रममा नेपालबाट दर्जनबढी कलाकारहरु कतार जाँदैछन् ।

बुम रेमिट प्रमुख तथा कार्यक्रम संयोजक धिरेन्द्र पन्त कार्यक्रमको तयारी गर्नको लागि कतार पुगिसकेका छन् भने अन्य टिमपनि जानेक्रममा छन् । कार्यक्रमलाई संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिले ब्यवस्थापन गरिरहेको छ । ‘कतारबासि नेपाली प्रस्तुतिका लागि पर्खाइमा हुनुहुन्छ’ कतारमा रहेका धिरेन्द्र भन्छन् ‘यसले आपसी मितव्ययितासंगै कला र संस्कृतिलाई समेत फैल्याउछ ।’ उनले त्यहाँ कतारबासी नेपालीबाट पाएको प्रतिक्रियाले आफु हर्सित भएको बताएका छन् ।

कार्यक्रममा हाँस्य कलाकार जितु नेपालको वेजोड कमेडी प्रस्तुती रहनेछ भने नायिकाहरु निरुता सिंह, अनु शाहले नृत्य प्रस्तुत गर्नेछन । गायकहरु आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, यूवराज चौलागाई, सन्तोष राज, रित कुमार श्रेष्ठले दर्शकलाई आफ्नो गायकीको माध्यमबाट झुमाउनेछन् भने सुर्के थाली खै , पुर्व पश्चिम रेल , कुटुमा कुटु जस्ता गीतका गायक तथा संगीतकार राजनराज शिवाकोटीले पनि आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गर्नेछन ।

गायिकाहरु राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कुँवरको साथमा नृत्य निर्देशक तथा मोडल शंकर बीसीले आफ्नो प्रस्तुतीको माध्यमबाट स्टेज तताउनेछन् । कार्यक्रमलाई लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईले संचालन गर्नेछन् । कार्यक्रम ६ बजेबाट शुरु हुने जनाइएको छ ।