जावलाखेलमा सनम ब्याण्डले कन्सर्ट गर्ने, सँगै हुनेछन् लाउरे र स्वप्न सुमन

आर्टिष्ट खबर/ फागुन, काठमाडौं  ।

भारतको चर्चित ब्याण्ड ‘सनम’ले यहि फागुन १९ गते शनिबारको दिन जावलाखेल मैदानमा ‘सनम लाईभ इन नेपाल’ नामक कन्सर्ट गर्दैछ । युवाहरुद्धारा सञ्चालित प्याराडक्स सिटी इन्कसंस्थाले आयोजना गर्ने उक्त कन्सर्टमा नेपालबाट र्यापर आशिष राना –लाउरे) र गायक स्वप्न सुमनले पनि आफ्नो प्रस्तुती दिने मंगलबार राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपालका चर्चित दुई युवा लाउरे र स्वप्न सुमनलाई एकै कन्सर्टमा देख्न पाउँदा पनि दर्शकको उपस्थिती राम्रो हुने आयोजक संस्थाका सिइओ सगोल जी गुरुङले बताए । ‘सनम ब्याण्डसँगै लाउरे र स्वप्न सुमनको गीत सुन्न र हेर्न पाइने भएकोले सबैखाले दर्शक आउनुहुन्छ भन्ने लागेको छ ।’, गुरुङले भने । साथै उनलाई बलिउडस्टार सलमान खानको कन्सर्टमा पनि तपाईहरुको कन्सर्ट पछि एकसाता भित्रै हुँदैछ,असर गर्छ जस्तो लाग्छकि लाग्दैन ? भन्ने प्रश्नमा गुरुङ भन्छन्– ‘हाम्रो कार्यक्रम र सलमानको कार्यक्रम फरक छ । सनम ब्याण्ड, लाउरे र स्वप्नका आ–आफ्नै दर्शक छन् । त्यसैले असर गर्छ भन्ने लाग्दैन ।’ साथै टिकट दर मध्यमबर्गका दर्शकलाई लागी बढि भएन र भन्ने प्रश्नमा उनी भन्छन्– ‘अहिलेको समयमा १५ सय भनेको धेरै हो जस्तो लाग्दैन । युवाहरु एकपटक साथीभाईसँग घुम्न जाँदा हजारौं खर्च गर्छन् भने लाउरे, स्वप्नको प्रस्तुती हेर्नका लागी हामीले तोकेको रकम ठुलो हो जस्तो लाग्दैन ।’ सोहि दिन बुद्ध बन इन नेपाल नामक अभियानका लागी ५० हजार मानिस टुँडिखेलमा जम्मा हुँदैछन् ।

गायक धिरज राईलगायतका कलाकारहरुले केहि महिना अघिदेखी यो अभियानको जानकारी दिँदै आएका छन् भने सामाजिक सञ्जालमा थुप्रै सेलिब्रेटीहरुले फागुन १९ गते टुँडिखेल जाऔं भन्दैगरेको भिडियो अत्यधिक सेयर पनि भइरहेको छ । यसैकुरालाई सिइओ गुरुङले भने कार्यक्रम जुधाउन नखोजेको र आफुहरुले कार्यक्रम धेरै पहिलेनै तय भएको बताए । उनले लामोसमय देखी सामाजिक सञ्जालहरुमा आफुहरुको कार्यक्रमको जानकारी दिइरहेको हुनाले कार्यक्रम सार्न नमिल्ने बताए ।

अन्य ब्याण्डसँगै प्रस्तुती दिँदा ओझेलमा परेजस्तो लाग्दैन भन्ने प्रश्नमा लाउरे भन्छन्, ‘आ–आफ्नो फ्यान हुन्छन् । आफ्नो ठाउँमा सबैलाई सम्मान हुन्छ । मेरो हकमा सतप्रतिशत काम राम्रो गर्छु, फ्यानहरुलाई पुर्ण मनोरञ्जन दिन्छु, बिदेशका जतिसुकै चर्चित कलाकारसँग प्रस्तुती दिनुपरेपनि डर अथवा ओझेलमा पर्छु कि जस्तो लाग्दैन ।’ त्यस्तै स्वप्न सुमनले पनि सनम ब्याण्ड आफुलाई मनपर्ने र पहिले देखी नै सुन्दै आएको बताए । उनले शुरुमा आफ्ना गीत गाउँने र अन्य केहि गीत पनि गाउने बताए । दिउसो ३ बजेदेखी शुरु हुने कन्सर्टका लागी १५ सय, तिन हजार र पाँच हजारको टिकट दर तोकिएको छ ।

Press Meet: