राजधानीमा थपियो नाटकघर, ‘कुञ्ज’ सञ्चालनमा

फागुन, काठमाडौं ।

राजधानीको थापागाउँमा ‘कुञ्ज’ नाटकघर सञ्चालनमा आएका छ । मंगलबार साँझ शताब्दी पुरुष सत्यमोहन जोशी, नेकपा एमालेका नेता एवं साहित्यकार प्रदीप ज्ञवाली र कुञ्ज नाटकघरका अध्यक्ष कमल ढकालले नाटकघरको संयुक्त रुपमा उद्घाटन गरे । नाटकघर उद्घाटनका क्रममा साहित्यकार जोशीले निजीस्तरबाट नाटकघर सुरु हुनु खुसीको कुरा भएको बताए ।

नाटकघर सञ्चालक कमल ढकालले लेखन तथा नाटक एक अर्कासँग अन्तरसम्बन्धित भएकाले लेखन कुञ्ज परिसरमै नाटकघर सुरु गरिएको बताए । लेखन कुञ्जलाई सर्जकहरूको मन रमाउने थलोका रूपमा स्थापित गराउने आफ्नो उद्देश्य रहेको उनले सुनाए । साहित्यकार समेत रहेका एमाले नेता ज्ञवालीले चिनियाँ लेखक लू सुनका कथाहरु निकै सशक्त हुने भन्दै आफूलाई मन पर्ने कथा म्याड म्यान्स डायरी नाटकको रुपमा आएको उत्साहित भएको बताए । साहित्य समाजको ऐना हुने भएकाले समसामयिक विषयका नाटक प्रदर्शनका लागि उनले कुञ्ज नाटकघरलाई सुझाव दिए ।

नाटकघरमा मंगलबारदेखि चिनियाँ लेखक लू सुनको  ‘म्याड म्यान्स डायरी’ नाटक प्रदर्शन सुरु भएको छ । घोस्ट राइटिङ नेपाल र कुञ्ज नाटकघरको संयुक्त प्रस्तुति यो नाटक १६ फागुनसम्म चल्नेछ । सन् १८१९ मा लू सुनले लेखेको म्याड म्यान्स डायरी कथामा आधारित यो नाटकमा सुदाम सिकेले अभिनय गरेका छन् । नाटकका परिकल्पनाकार र निर्देशक भने चे शंकर हुन् । नाटक हरेक दिन साँझ ५ बजे र शनिबार अतिरिक्त शो दिउँसो १ बजे पनि हुनेछ ।