नरेन लिम्बु पनि फिल्म निर्देशनमा

फागुन, काठमाडौं ।

गायनक्षेत्रमा छुट्टै छबि बनाएका गायक नरेन लिम्बु अब चलचित्रक्षेत्रमा पनि आउने भएको छ । चलचित्रको अभिनयबाट डेब्यु गरेका लिम्बुले अब चलचित्र निर्देशन पनि गर्ने भएका छन् । उनले दिदी र भाइबिचको सम्बन्धको कथामा निर्माण हुन लागेको ‘आस्था’ नामक चलचित्र निर्देशन गर्ने भएका हुन् ।

चलचित्रको छायांकन यहि साताबाट फ्लोरमा निस्किएको छ । आफ्नो जन्मदिन पारेर छायांकनमा निस्किएका नरेनले चलचित्रको नाम सांगीतिक ब्यान्ड आस्थाबाट प्रेरित भएर राखेको जनाएका छन् ।

लिम्बु स्वयंमले चलचित्रको लागि कथा लेखेका हुन्। उनले सामाजिक सञ्जालमा आस्था आफ्नो ‘ड्रिम प्रोजेक्ट’ समेत रहेको समेत लेखे। फिल्ममार्फत नरेनसँगै गायक सुदिप गुरुङको पनि फिल्म डेब्यु हुनेछ । चलचित्रमा नरेनको बहिनीको रुपमा थिएटर कलाकार कुशुम गुरुङ र मिस युके नेपाल २०१७ सिर्जना गुरुङको पनि अभिनय रहने बताइएको छ ।