सुरी र पियुषको ‘लालगेडी’मा बेनिशा

फागुन, काठमाडौं ।

सुरी राई तथा पियुष कुँवरको स्वर रहेको गीत ‘लालगेडी’ को भिडियो सार्वजनिक गरिएको छ । गीतको भिडियोमा पियुषसँगै बेनिशा हमाल फिचरीङ छिन् । गीतमा एक अर्काको मनमा रहेको मायालाई देखाइएको छ । गीत सुरी एल्बममा संग्रहित छ भने यसमा शब्द सानो दिल र संगीत भानुभक्त ढकालको रहेको छ । यस गीतलाई राजिभ समरले कोरियोग्राफी गरेका छन् भने यसलाई बुद्ध लामा एण्ड टिमले छायाँकन गरेका हुन् । गीतको बिषयमा बोल्दै गायिका सुरी भन्छिन्– ‘ यो एल्बम मेरो ड्रिम प्रोजेक्ट हो । गीतसंगीत प्रति सानै देखि लगाव थियो तर यसलाई अगाडी बढाउँन् सकेको थिएन । अब भने त्यो मौका पाएकी छु , आश छ मेरो अभ्यासले मलाई अगाडी बढाउछ । म आउदा दिनमा पनि आफुलाई संगीतमा निरन्तरता दिन चाहन्छु ।’ त्यस्तै गायक पियुषले पनि सुरीको कलाको फ्यान भएको बताउँछन् । ‘सुरीजीसंग भेट भएपछी उहाको कलाको फ्यान भए । उहाको बहानामा मैले पनि गाउने रहरलाई प्रोफेसन दिने मौका पाए । मैले यसमा दुई गीतमा फिचर आर्टिस्टको रुपमा काम गरेको छु ।’, पियुषले भने ।

विकास धमलाको सम्पादन रहेको गीत निकेश खड्काले निर्देशन गरेका हुन् । यस एल्बममा ५ गीत संग्रहित छन् । ‘लालगेडी’सँगै यसमा ‘सुरी’ , ‘को हो त्यो’ , ‘तिम्रो आगमनले’ र ‘मन भरि बेदना’ बोलको गीत रहेका छन् । यसमा सुरीकै स्वर रहेको छ भने लालगेडीसँगै सुरीमा पियुषले साथ् दिएका छन् । यसमा सानो दिल , रवी मल्ल , कमल मल्ल , सुरी र मनोज आचार्यको शब्द रहेको छ । यसमा भानुभक्तसँगै कल्याण सिंह , न्हू बज्राचार्य र कर्ण दासको संगीत रहेको छ ।