आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चलचित्र ‘जय शम्भु’ निर्माणको औपचारिक घोषणा गरिएको छ । आजभन्दा ६ महिना अघिदेखी भित्री काम शुरु भएको चलचित्र टिमले आइतबार राजधानीमा एक कार्यक्रमका बिच निर्माणको घोषणा गरेको हो । ‘अपरिचित’ चलचित्रबाट निर्देशनमा डेब्यु गरेका निर्देशक रुपेश तामाङले यो चलचित्र निर्देशन गर्नेछन् ।

सोमवारबाट छायांकन सुरु हुने भनिएको यो चलचित्रमा नायिका बर्षा शिवाकोटी, खलनायकको रुपमा प्रशान्त ताम्राकार र नायकको रुपमा अनुप बिक्रम शाही मुख्य भूमिकामा रहनेछन् । साथमा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि अभिनय रहने छ । कार्यक्रममा बोल्दै निर्देशक तामाङले यसअघि आफुले तामाङ चलचित्रमा अभिनयसँगै निर्देशन पनि गरेको र अहिले नेपाली चलचित्रमा हात हालेको बताए । साथै उनले आफुले आँटेको ‘जय शम्भु’लाई दर्शकले मन पराउनेमा आशावादी रहेको बताए । त्यस्तै नायिका बर्षा शिवाकोटीले पनि चलचित्रको स्क्रिष्ट मन परेकी कारण राजी भएको बताइन् । यहि कुरा नायक अनुपबिक्रम शाहीले पनि दोहोर्याए । यस्तै खलनायकको रुपमा देखिने प्रशान्त ताम्राकारले यो चलचित्र रोज्नुको मुख्य कारण आफ्नो खलनायकको भूमिका दमदार भएको बताउँछन् ।

चलचित्र आउँदो बर्षको साउनको पहिलोसाताबाट प्रदर्शनमा ल्याउने निर्माण टिमले जनाएको छ । चलचित्रको प्रस्तुतकर्ता दिनेश शाही हुन् भने, कार्यकारी निर्मातामा राजकुमार नगरकोटी र चक्र पाख्रिन रहेका छन् । यस्तै, अरविन्द्र शाक्य फिल्मका निर्मातामा छन् । काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा छायांकन हुने फिल्मलाई हरि घले लामाले खिच्ने छन् । चलचित्रमा प्रदीप र अर्जुन पोखरेलको संगीत, रुपेश तामाङ र प्रदीपको शब्द, प्रमोद खरेल, मिना निरौला, अञ्जु पन्त र सुगम पोखरेलको स्वर, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व, प्रविण ढकालको सम्पादन रहने छ ।