श्रीदेवीको डुबेर मृत्यु !

मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेत्री श्रीदेवीको केहिदिन अघि दुबईको एक विवाह समारोहमा सहभागी हुँदै गर्दा हृदयघातका कारण मृत्यु भएको खबर आए । तर सोमबार संयुक्त अरब इमिरेट्सको स्वास्थ्य मन्त्रालयले जारी गरेको मृत्यु प्रमाण पत्रमा उनको मृत्य ‘डुबेर’ भएको बताइएको छ ।  श्रीदेवीको २४ फेबु्रुअरीको राति दुबईमा मृत्यु भएको थियो । ‘गल्फ न्यूज’ले बताए अनुसार दुबई प्रहरीले श्रीदेवीको परिवार र भारतीय दूतावासका लागि जारी गरेको प्रतिवेदनमा मृत्युको कारण ‘दुर्घटनावश डुब्नु’ लेखिएको छ । प्रतिवेदन सार्वजनिक गर्दासम्म श्रीदेवीको शब मुम्बई ल्याइएको छ । पोस्टमार्टम रिपोर्ट र बाँकी औपचारिकता पूरा गरेपछि मात्रै शव मुम्बई ल्याइने बीबीसीले जनाएको छ ।

५४ वर्षिया श्रीदेवीले फिल्मी करियरका दौरानमा झण्डै तीन सय फिल्महरुमा काम गरेकी थिइन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो ।