ब्लाइन्ड रक्स प्रिमियरः बेनिशाको तारिफ

फागुन, काठमाडौं ।

यहि आउँदो शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘ब्लाइन्ड रक्स’ को बुधवार बिहान कुमारी हलमा प्रिमियर गरियो । चलचित्रकर्मि तथा सञ्चारकर्मिहरुबिच गरिएको प्रिमियरमा नायिका बनिशा हमालको तारिफ गरिएको थियो । ‘ब्लाइन्ड गर्ल’ सृष्टि केसीको जीवनकथा आधारित यो चलचित्रमा बेनिशाले उनै सृष्टिको भूमिका निभाएकी छिन् । आँखा नदेख्ने भूमिका निभाउनु त्यसैपनि चुनौतीको कुरा हुने र त्यसमाथि कसैको जीवनका वास्तविक कुरालाई ‘फिल’ गरेर अभिनय गर्नु अझ गाह्रो बिषय रहेको बेनिशाको भनाई थियो । उनले बायोपिक चलचित्रका आफुले काम गर्नपाउनु आफ्नो लागी भाग्यको कुरा भएको बताइन् ।

चलचित्रको कथावस्तु र निर्देशन मिलन चाम्सको कामलाई पनि तारिफ गरिएको थियो । सृष्टिले चलचित्रकर्मि तथा सञ्चारकर्मिसँगै चलचित्र हेरिसकेपछिको सकारात्मक प्रतिक्रियाले आफ्नो मनोबल अझै बढेको बताइन् । उनले आफ्नो जीवनका भोगाईहरुलाई चलचित्रमा उतारिदिएकोमा निर्माण टिमलाई धन्यवाद समेत दिइन् । ‘मेरो भोगाई चलचित्र मार्फत देखाइदिनुभएकोमा निर्माण टिमलाई धेरै धन्यवाद दिन चाहान्छु, यो मेरामात्र कथा नभएर हजारौं सृष्टिबिहिनहरुको कथा हो, त्यसैले सबैलाई एकपटक हेरिदिनुहुन अनुरोध पनि गर्छु ।’, सृष्टिले हिमालय टाइम्ससँग कुरागर्दै भनिन् । चलचित्रमा सृष्टिको आमाको भूमिका निभाएकी नायिका गौरी मल्लले प्रिमियरबाट पाएको प्रतिक्रियाले निकै खुसी बनाएको बताइन् । साथै उनले एक अपांगता भएको ब्यक्तिको वास्तविक जीवनको भोगाईमा ‘ब्लाइण्ड रक्स’ बनेकोले सबैलाई हेरिदिन आग्रह पनि गरिन् ।

अर्पण थापा, गौरी मल्ल लगायतका कलाकारहरुको कामलाई पनि चलचित्रकर्मीले प्रशंशा गरेका थिए । ‘ब्लाइन्ड रक्स’ मा सृष्टि केसीको १४ वर्षको उमेरदेखि २४ वर्षसम्मको जीवन संघर्ष देखाइएको छ । डाक्टरको गलत औषधीका कारण दृष्टि गुमाएकी सृष्टिको भूमिका रिलमा वेनिशाले निर्वाहा गरेकी छिन् । आमाको भूमिकामा गौैरी मल्ल छिन् भने प्रेमीको भूमिकामा अर्पण थापा प्रस्तुत छन् । चलचित्रका निर्माता निकेश लिम्बु हुन् ।

प्रिमियरमा निर्देशक तथा हास्यकलाकार दीपाश्री निरौला, पहिलो मिस नेपाल रुवी राणा, चलचित्र लेखक प्रदिप भारद्वाज, निर्देशक घनश्याम लामिछाने, निर्देशक सुरज सुब्बा नाल्बो, पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, अभिनेता प्रदीप खड्का, अभिनेत्री केकी अधिकारी, रिमा विश्वकर्मा लगायतको उपस्थिती थियो ।

हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ ।