अभिनेत्री करिश्माको घरमा होली कार्यक्रम

फागुन, काठमाडौं ।

नायिका करिश्मा मानन्धरले यसबर्षको होलीमा पनि आफ्नो घरमा होली बिशेष कार्यक्रमको आयोजना गरेकी छिन् । उनले आज बिहान ११ बजेदेखी थुप्रै कलाकारहरुका बिच आफ्नै निवास गोदावरीमा होली मनाउँदै छिन् । बिगतका बर्षजस्तै यसबर्ष पनि उनले होली बिशेष कार्यक्रमलाई निरन्तरता दिएकी हुन् ।

यस्तै आजै गोपिकृष्ण टिभि फिल्मीले पनि होली बिशेष कार्यक्रमको आयोजना गरेको छ । बिहान १० बजेदेखी हुने कार्यक्रममा सबै कलाकारहरुलाई निमन्त्रण गरेको हो । यस्तै रेडियो अडियोले पनि नयाँबानेश्वर चोकमा होली बिशेष कार्यक्रमको आयोजना गरेको छ । हाँस्य कलाकारहरुको उपस्थिती बढी हुने बताइएको उक्त कार्यक्रम बिहान साढे आठबजेबाट शुरु भइ दिउँसो १ बजेसम्म चल्ने रेडियोका निर्देशक अमित चन्द्र अधिकारीले जानकारी दिए । ‘हामीले होलीलाई सभ्य तरिकाले मनाउने छौं, हाम्रो आग्रह आज जतिपनि होली खेल्दै हुनुहुन्छ बिशुद्ध रङको होलीमात्र खेल्नुहोला ।’, अधिकारीले भने । यस्तै होली बिशेष कार्यक्रम आज पहाडका बिभिन्न जिल्लामा मनाइदैछ भने तराईमा एकदिन पछाडि मनाउने गरिन्छ ।