महिलाकै माझमा ‘ढाडे बिरालो’ गाएर बबालगरे गायक प्रकाश कटुवालले (भिडियो सहित)

...

भदौ, काठमाडौं ।  ‘माथि पनि पिरलो, तल पनि पिरलो चोरी खान पल्केको यो ढाडे बिरालो ।’ यो वाक्य नसुन्ने सायदै कमै हुनुहुन्छ होला । किनकी पछिल्लो समय मोडल ज्योति मगरले अभिनय गरेको तिजको गित ढाडेबिरालोले निकै नै तहल्का बच्चायो । तिजको गितमा पनि छोटो पहिरनमा नाचेको भन्दै विवादमा परेको यो गित विवाद भएर नै धेरै चर्चित बन्न पुग्यो । बिभिन्न टिकाटिप्पणी हेप्नु परेको ढाडेबिरालोले ज्योति मगरलाई अझ चर्चामा ल्यायो साथै यसैगितका गायक प्रकाश कटुवाल र श्रीदेव देवकोटाको पनि चर्चा चल्यो । नेपाली लोकगितका विकृती भित्रियो भन्दै यो गितलाई रोक लगाउनु पर्छ भन्ने पनि धेरै भए आखिर दिनानुदिन त्यहि गित युट्युवमा सर्वाधिक हेर्न थालियो । युट्युवमा राखिएको एक महिनामा उक्त भिडियो १२ लाख ५८ हजार पटकभन्दा बढि हेरीएको छ ।

prakash katuwalअहिले ढाडेबिरालोका गायक प्रकाश कटुवाल त्यसैगितबाट अझ चर्चामा छन् । गतबर्ष ‘कनाईदेऊ बाई ‘ बोलको गित बजारमा ल्याएर चर्चामा र केहि बिवादमा आएका कटुवाल यसबर्ष अझ चर्चामा छन् । ढाडेबिरालोले विवाद त बनायो तर गायक कटुवाल भने त्यहि गित गाउनमै व्यस्त देखिन्छन् । तिज नजिकिँदै गर्दा गायक कटुवाल देशका बिभिन्न कार्यक्रममा व्यस्त छन् । आर्टिस्ट खबर सँग कुरा गर्दै प्रकाशले भने, “गितको लागि धेरै कार्यक्रमहरुको अफर आएको छ, र अहिले पनि धेरैमा गईसकेँ, बिवादमै आएको गित भएपनि दर्शकल साँच्चिनै मनपराईदिनुभएको रहेछ । खुसी लाग्यो ।”

गायक कटुवालले यसो भनिरहँदा हामीलाई लाग्यो यो गित विवादमा आएर उनलाई खासै फरक परेको छैन । अझ उनलाई त झन् फाईदा भएजस्तो पो भयो । किनकी यसैगितबाट देशका बिभिन्न ठाउँबाट कार्यक्रमको अफर आउन थालेको र व्यस्त भएका छन् ।

parbati pandey's programआईतबार काठमाडौंको नेपालटारको एक सांस्कृतिक कार्यक्रममा थुप्रै महिलाहरुको माझ मै ‘यो गर्दा नि पिरलो त्यो गर्दा नि पिरलो’ भन्दै मस्त तरिकाले गित गाईरहेका थिए । साथै त्यसै गित सुन्दै महिलाहरु छमछम नाचेको देख्दा उक्त गितलाई महिलाहरुले पनि मनपराएको बुझ्नसकिन्छ । यसरी कार्यक्रममै मै वान्समोर भन्दै गित गाउन लगाउनु गितको लोकप्रियता बढेको गायक प्रकाश कटुवालले बताए । श्री नवज्योति महिला उत्थान केन्द्रको आयोजनमा भएको तिज बिशेष शुभकामना आदान प्रदान कार्यक्रममा कटुवाल सहभागि थिए ।

ramesh dulal chari dadaसाथै डेढसय भन्दा बढि चराचुरुंगीको आवाज निकाल्न सक्ने अर्का चर्चित कलाकार रमेश दुलाल पनि कार्यक्रममा सँगै थिए । तिज बिशेष कार्यक्रममा आफ्नो मुख बाटै बिभिन्न बाजाहरु निकालेर महिलालाई नचाएका कलाकार दुलालले आफ्नो स्वरको जादु सबैमाझ देखाएर सबैलाई छक्क समेत पारे । कलाकार दुलालले कागको आवाज निकालेर कागलाई समेत वरिपरी बोलाएका थिए । रमेश दुलाल सहभागि भएका हरेक कार्यक्रममा कागको आवाज निकालेर काग जम्मा पारेर दर्शकलाई चकित पार्ने उनको नौलो बिशेषता मान्न सकिन्छ ।

यसैबिच हामीले अन्नपुर्ण भिजनले युट्युवमा राखेको भिडियो तपाईलाई देखाउँदै छौं ।