फागुन, काठमाडौं ।

नेपाली चलचित्रका गीतसंगीत तथा ट्रेलरको मापन यन्त्र पछिल्लो समय भिडियो सेयरिङ साइट युट्युव बन्न थालेको छ । अपलोड गरिएको छोटो समयमै नेपाली ट्रेडिंगमा आयो भने त्यसलाई बढी मनपराइएको श्रेठीमा राख्ने गरिन्छ । ट्रेडिंगको टप ५ भित्र परेका युट्युवका अधिकांश भिडियोहरु सबैजसो युट्युव प्रयोगकर्ताले एकपटक हेरेका हुन्छन् त्यसैले पनि लोकप्रियताको मापन गर्न सहज भएको पाइन्छ । यसैबिच पछिल्लो समय नेपाली चलचित्रका गीतसंगीतहरु ट्रेडिंगमा पार्नकै लागी युट्युवमा ‘बुस्ट’ गर्नेक्रम बढ्दो देखिन्छ ।

यसका साथै दुईदि अघिमात्र युट्युव मार्फत सार्वजनिक गरिएको चलचित्र ‘शत्रु गते’को ट्रेलर पनि शनिबारसम्म युट्युवको शिर्षस्थानमै बसिरहेको छ । अपलोड गरेको २४ घण्टा नबित्दै ट्रेलर पहिलो ट्रेडिंग नम्बर १ मा आएको थियो । शनिबार साँझसम्म ट्रेलरलाई युट्युवमा ५ लाख बढी पटक हेरिसकिएको छ । कमेडी जनरामा निर्माण भएको यो चलचित्रमा ‘सेन्टिमेन्टल’का दृश्यहरु पनि रुचाइएको छ । ट्रेलरको प्रतिक्रिया हेर्नेहो भने अधिकांशले कमेडी पाटो मन पराएका छन् ।

शुक्रवार दिउँसो राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रका केहि कलाकार तथा निर्माताहरुका बिच सार्वजनिक गरिउको ट्रेलरमा चलचित्रका अधिकांश कलाकार समावेश छन् ।

प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्रको ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ गीत रिलिज भइसकेका छन् भने युट्युवमा यी दुबै गीत निकै हिट पनि भइसकेका छन् । ‘रुपै मोहनी’ गीतलाई एक करोड भन्दाबढी पटक हेरिसकिएको छ । चलचित्रमा अभिनेता पल शाहले पहाडिया युवक र अभिनेत्री आँचल शर्माले मधेसी युवतीको भूमिका निर्वाह गरेका छन् । पल र आँचलको विवाहमा बाधक बन्ने अरु पात्रहरुको वरिपरि चलचित्र घुमेको छ । पहिलो पटक अभिनेत्री प्रियंका कार्की प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिँदैछिन् । अभिनेता दीपकराज गिरीसँग उनको जोडी बाँधिएको छ । यस्तै, हास्यकलाकार हरिवंश आचार्यको श्रीमतीको भूमिकामा हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला प्रस्तुत छिन् । छोराको भूमिकामा पल छन् । ट्रेलरमा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई केही युवतीहरुसँग रोमान्टिक मूडमा देख्न सकिन्छ ।

‘शत्रु गते’ मा राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धरा भुषाल, सुष्मा कार्की, रमेश रञ्जन झा लगायतका कलाकारको पनि प्रमुख भूमिका छ । तराई र काठमाण्डौमा छायांकन गरिएको यो चलचित्र मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको हो । चलचित्रमा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ । चलचित्र यहि बर्षको चैत ९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Trailer: